धरान/तीर्थ यात्राको क्रममा दक्षिण भारतको तामिलनाडू सेलम भन्ने ठॉंउमा गाडी दुर्घटना ३२ जना मध्ये १० जना मृत्यु हुनेमा सुनसरीकाे दुहवी र खनारका रहेकाे पाइएकाे छ । 

दुहवी निवासी नेकपा नेता भगवती चाैधरीले नेपाल सरकारद्वारा भारतस्थित दुतावासमार्फ़त मृतकाे शव ल्याउन तत्काल पहल गर्न आग्रह गरेकी छन् । मृतकहरू ईटहरी-१०, ११, १२ साविक खनार र दुहबी ८ का रहेकाे उनले जानकारी दिइन ।

मृत्यु हुनेमा रसिलाल चाैधरी, बुधनी थरूनी, फूलसरीदेवी चाैधरी, गाेपाल तामाङ, टीकाराम चाैधरी, वीरबहादुर राइ, मञ्जु राइ, पवनलाल चाैधरी, भजनलाल चाैधरी र केदार चाैधरीकाे निधन भएकाे हाे । उनीहरूकाे उमेर ६० वर्षभन्दा माथि रहेकाे छ ।