धरान  / भारत भएको बस दुर्घटना हुँदा ६ जना सुनसरीका तीर्थ यात्रुहरुको मृत्यु भएको छ ।
आज बिहानै सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय संचारमाध्यले जनाएका छन्। दुर्घटनामा परी घाइते भएका १८ जनाको सरकारी मोहन कुमारामंगलम मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।
द हिन्दु टाइम्सका अनुसार नेपालबाट तीर्थयात्रामा गएको एउटा समूह कन्याकुमारीमा प्रार्थनापछि बैंगलोर गइरहेको थियो। उनीहरु सवार वस सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा नरिपलममा रहेको एउटा मन्दिरमा विश्राम गर्ने योजनासहित सडकमा मोडिन खोज्दा अर्को बसमा ठोक्किएको थियो । दुर्घटनामा दुई महिलासहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा ५६ वर्षीय गोपाल तामाङ, ५५ वर्षीय फहतसारी चौधरी र ६० वर्षीय विण्णु दाहालको पहिचान भएको छ। उनीहरू गत माघ २३ गते ३५ दिनको यात्रामा निस्किएको बताइएको छ ।