ब्लाष्टखबर । इनरुवाका व्यापारी पारस यादवको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

टिभिएस मोटरसाइकलको शाेरुमका संचालक ६० वर्षीय यादव आफ्नै शोरुम अगाडी सटर लगाएर एउटा फलामको पाइपमा झुण्डिएको अवस्थामा बिहिबार बिहान फेला परेकाे हाे ।

पीठ्युमा ब्याग बोकेर झुन्डिएको अवस्थामा यादवको शव फेला पारेपछि शोरुमको सिसि टिभि फुटेज हेर्दा  उनले अत्महत्या नै गरेको देखिएको सुनसरी प्रहरीका प्रमुख यज्ञविनोद पोखरेलले बताए ।

उनले बोकेर ब्यागमा भित्र के छ ? र अत्महत्याकाे कारण के हाे भन्ने कुराका बारेका प्रहरीले खुलाएकाे छैन । तथापी यादव ऋणमा डुबेकाले तनावकै कारण उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।