धरान / सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिदेव मन्दिर नजिकै जंगलमा तग मंगलबार एक युवतीको लास फेला परेको छ । मन्दिरदेखि १ किमी उत्तर बन क्षेत्रमा आन्दाजी २०÷२५ बर्षका युवती मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गको वीरेन्द्र बजारदेखि ४ किमी उत्तरको वन क्षेत्रमा भेटिएको शवबारे स्थानीय घास काट्ने महिलाहरुले देखेर खवर गरेका थिए ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बन्जाडेको नेतृत्वमा प्रहरी टोली खटी स्थानीय जनप्रतिनिधिको रोहवरमा आबश्यक प्रक्रिया पूरा गरि हिजो नै लास उठाइएको प्रहरीले जनाएको छ ।

लास परीक्षणका लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ल्याइएको छ । लास सडि सकेकाले पहिचान नभएको प्रहरीले जनाए को छ ।