Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य

क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य

alt
  • फागुन ७, २०७६
  • रासस

ब्लाष्टखबर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै पनि सङ्क्रमण नदेखिएकाले कोही पनि त्रसित हुनुनपर्ने जनाएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा क्वारेन्टाइनका लागि तयार गरिएको स्थानमा राखिएका सबै नेपालीमा ‘नोभेल कोरोना भाइरस २०१९’ नकारात्मक देखिएको जानकारी गराएका छन् ।

नेपालबाट अध्ययन तथा व्यवसायका क्रममा चीनको हुवेई प्रान्तका उहानलगायत विभिन्न शहरमा रहेका १७५ जना नेपाली नागरिकलाई उद्धार गरी यही फागुन ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै प्रारम्भिक परीक्षणपश्चात् प्राधिकरणको तालीम केन्द्रमा पुर्याइएको थियो । फागुन ४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका प्राविधिकहरूले क्वारेन्टाइनस्थलमा नै पुगी १७५ जनाको नाक र घाँटी भित्रको स्वावको नमूना सङ्कलन गरी प्रयोगशालामा ल्याएर परीक्षण गरिएको थियो ।

यो परीक्षण फागुन ४, ५ र ६ गतेसम्म सघन रुपमा गरिएको मन्त्रालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रयोगशालाबाट फागुन ६ गते अपराह्न प्राप्त जानकारीअनुसार सबैको नमूना परीक्षण गर्दा कुनै पनि नमूनामा नोभेल कोरोना भाइरस–२०१९ (कोभिड–१९) नभेटिएको मन्त्रालयले जानकारी गराएको छ । त्यहाँ रहेका सबै नेपाली नागरिक स्वस्थ्य रहेकाले कुनै पनि सङ्क्रमणबाट त्रसित हुनुपर्ने अवस्था नरहेको उनले बताए । अब क्वारेन्टाइनमा बसेको १४औँ दिनपछि पनि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटी भित्रको स्वावको नमूना सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा ल्याएर परीक्षण हुनेछ । चीनको हुवेई प्रान्तबाट फैलिएको कोरोना भाइरस रोग (कोभिड–१९) ले विश्वलाई नै प्रभावित पारेको छ ।

चीनबाहेक विश्वका २५ देशमा यसको प्रभाव देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस रोगले विश्वव्यापी पार्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै गत माघ १६ गते ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेको छ तर अन्तर्राष्ट्रिय यात्रा र व्यापारमा कुनै पनि प्रतिबन्ध सिफारिस गरिएको छैन । कोरोना भाइरस रोग (कोभिड–१९) ले नेपाललाई पनि प्रभाव पारेको छ । नेपाल सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) फैलन नदिन निगरानी, नियन्त्रण र रोकथामका कार्य प्रभावकारी रुपमा सञ्चालन गरेको छ । प्रवक्ता श्रेष्ठले चीनबाट नेपाली नागरिक नेपाल ल्याउन सहयोग गर्नुहुने सबै सरोकारवालालाई धन्यवाद दिए ।

सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
राजनीतिक अन्यौलतालाई दलहरूले सहज निकास नदिए अर्को सङ्कट आउन सक्छ: बौद्धिक वर्ग
बादल मडारिँदा किसान त्रासमा
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
जङ्गलमा कार लगेर चालकद्वारा आगजनी
‘मुन्धुम यक्’ पुग्ने मुन्धुम पदमार्ग
बैङ्किङ सेवाका प्रणालीगत कमजोरी सुधारौं
आजको राशिफलः २०८२ साल कात्तिक १४ गते शुक्रबार
बैङ्कका कारण मानसिक तनावमा ऋणी
अदालतको नक्कली कागजपत्र खडाः जागिरको सूचना आह्वान गरी ठगी धन्दा
यो बेला सोचेर सरकार अगाडि बढोस्
आजको राशिफलः २०८२ साल कात्तिक १३ गते बिहीबार
विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गरौँ
काठमा अनियमितताबारे अख्तियारलाई ध्यानाकर्षण
स्वास्थ्य सामग्री चोरी
झापामा एक सातामा १८ जना हराए, १० जना अझै सम्पर्कविहीन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved