संखुवासभा  / जिल्लाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट विभिन्न स्थानमा बम विष्फाेट गरि फरार रहेका पाँचजना पक्राउ परेका छन् । नेपाल सरकारबाट प्रतिबन्धित नेत्र विक्रमचन्द नेतृत्वका पाँच कार्यकता पक्राउ परेका हुन् । प्रहरीले विप्लव कार्यकतालाई विष्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए । प्रहरीले चैनपुर–१ गुफापोखरीबाट विप्लव समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित पाँच जनालाई पक्राउ गरेको प्रहरी निरिक्षक राईले बताए ।
गतफागुन २ गते समातिए पनि मंगलबार मात्र प्रहरीले प्रेस विज्ञाप्ति जारी गर्दै सार्वजानिक गरेको छ । प्रहरीको गस्ती टोलीले विप्लव कार्यकतालाई चैनपुर–१ गुफापोखरीबाट जोरपोखरी जाने सडक खण्डबाट पक्राउ गरेको हो । शंकस्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउण्ड हवाई फायरिङ गरेर पक्राउ गरेको संखुवासभा प्रहरीले जनाएको छ । प्रहरीले विप्लव कार्यकताको साथबाट रेडबुल बम १ थान, सकेट बम १ थान, बिष्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोवाइल तथा विभिन्न कागजातहरू बरामद गरिएको जनाएको छ । पछिल्लो समय जिल्लामा आगजनी तथा बम विष्फोटनका घटना बढेपछि प्रहरीले खोजीकार्य तीव्र बनाइको थियो । प्रहरीले पक्राउ परेका अन्य चार जनाको नाम भने खुलाउन चाहेको छैन ।