उदयपुर / उदयपुरको रामपुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । बेलाका नगरपालिका–९ रामपुरमा लागुऔषध बेचविखन गर्ने तीन जना पक्राउ परेका हुन् ।
रामपुर निबासी आकाश तिम्सिनाको घरमा लागुऔषध बेचविखन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटेका प्रहरी टोलीले गतराती साढे ८ बजे लागुऔषधसहित आकाश, विकास बस्नेत र प्रणय निरौला पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घर खान्तलासी गर्दा डाईजोल्याप ३ एम्पुल, लेगेसिक ४ एम्पुल, फेनारगन एम्पुल, डिअलेक्स–डिसी सय एमएलको २ बोतल, नित्रभेट–११ ट्याब्लेट, स्पास्मोप्रोक्यभोन–प्लस ५९ ट्याब्लेट, गाँजा तीन सय ग्राम, नगद १५ हजार पाँच रुपैयाँ, मिनि ल्यापटव १ थान, बा १९ च ८४७४ नम्बरको कार बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बेनपा–९ रामपुर निबासी ३५ वर्षीय आकाश, बेनपा–१ निबासी ३२ वर्षीय विकास र बेनपा–१३ वर्षीय प्रणय पक्राउ परेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । उनीहरुलाई आजै जिल्ला अदालत उदयपुरमा म्याद थप गरि अनु्सन्धान थालिएको प्रहरीले जनाएको छ ।