भोजपुर  /  जिल्लाको आमचोक गाउँपालिकामा सव इन्जिनियर विष्णुकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन । करारमा कार्यरत इन्जिनियर राई पाँच हजार घुस लिदै गर्दा सोमबार पक्राउ परेका हुन । राईलाई घुस लिदै गर्दा गाउँपालिकाको वडा नम्बर ७ स्थित देवन्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रणमा लिईएको हो । इन्जिनियर राईले गाउँपालिकामा सञ्चालन भईरहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफराक गरि दिने भन्दै घुस लिएका थिए ।

पक्राउ परेका राई माथी कार्वाहीका लागि थप अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । यस्तै गत माघ महिनामा भुकम्प पिडित संग अन्तिम किस्ताको रकम लिनका लागि कागजपत्र मिलाई दिन्छु भन्दै घुस लिदै गर्दा पक्राउ परेका भोजपुर नगरपालिकामा कार्यरत सव इन्जिनियर प्रकाश तिवारी विरुद्ध सोमबार विषेश अदालत काठमांडौमा आरोप पत्र दायर भएको छ । तिवारी भुकम्प लाभग्राहीसँग ६ हजार घुस लिदै गर्दा पक्राउ परेका थिए ।