भद्रपुर(ब्लाष्ट)अध्यापन गराउने क्रममा बालिकाहरुमाथि पटक पटक यौन दुर्व्यवहारगरेको आरोपमा एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । झापा बुद्धशान्ति ६ का २१ वर्षीय नरेन थापालाई अभिभावकले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीले पक्राउ गरी मुद्दा दर्ता गराएको हो ।


 पटक पटक बालिकाहरुको संवेदनशिल अङ्गमा हात प्रयोग गर्दै आइरहेको अभिभावकले आरोप लगाएका छन् । एकजना बालिका निरास भएर घरमा वसेको देखेर अभिभावकले सोधदपुछ गर्दा बालिकाले घटना बताए पछि एकपछि अर्को हुदै शिक्षक थापाको कर्तुक वाहिर आएको थियो ।

आरोपित थापा स्थानीय एक विद्यालयमा कार्यरत शिक्षक हुन् । अविवाहित शिक्षक थापाले कक्षा ४ मा अध्ययनरत ११ वर्षीया ६ जना बालिकालाई विभिन्न मितिमा पटक पटक यौन दुर्व्यवहार गरेको आरोप छ । पहिलो घटना ०७५ चैत्र २१ गते शिक्षक थापाले उनीहरुमाथि यौन दुव्यवहार गरेको पीडितका परिवारको दाबी छ । त्यसैगरी ०७६ असोज १३ गते पनि उनले यौन दुव्यहार गरेको आरोप छ । पटक पटक बालिकाहरुको संवेदनशिल अङ्गमा हात प्रयोग गर्दै आइरहेको अभिभावकले आरोप लगाएका छन् । एकजना बालिका निरास भएर घरमा वसेको देखेर अभिभावकले सोधदपुछ गर्दा बालिकाले घटना बताए पछि एकपछि अर्को हुदै शिक्षक थापाको कर्तुक वाहिर आएको थियो । थापालाई स्थानीय स्तरमा नै समस्या समाधान गर्न छलफलसमेत गरिएको थियो ।
छलफलमा पीडकले अस्वीकार गरे पछि वडाअध्यक्षले प्रहरीको जिम्मा लगाइएको बताइएको छ । बालिकाका ६ जना अभिभावकले फागुन २ गते उजुरी दिएपछि सोही दिन पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्लाका एसपी कृष्ण प्रसाद कोइरालाले बताए । विद्यालयमा र ट्युसन पढाउने क्रममा थापाले बालिकाहरुमाथि यौन दुव्यवहार गर्दै आइरहेको उजुरीमा पाइएको उनले जानकारी दिए । पक्राउ परेकै दिनबाट लागूहुने गरी अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले जनाए । बाल यौन दुव्यवहार कसुरमा ६ जना पीडित परिवारले दिएको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको उनले जानकारी दिए ।