देउराली । धरान उपमहानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै छैटौं नगर सभाले पारित गरेका निर्णयहरू सार्वजनिक गरेको छ ।

नगरसभामा नेपाल खानेपानी संस्थान, धरान शाखाकाे खानेपानी वितरण सिस्टमलाइ फागुन मसान्तभित्र धरान खानेपानी व्यवस्थापन वाेर्डमा जिम्मा लिइ धरानबासीलाइ पर्याप्त खानेपानी वितरण गरिने बताएकाे छ । धरानका मेयर तिलक राइले  हस्तान्तरण प्रक्रियामा रहेकोले संस्थानलाई महशुल नबुझाउन धरान नगरबासीलाई आह्वान पनि गरेका छन् ।

त्यस्तै, नगरसभाले  उपमहानगरकाे विनियाजन एेन २०७६ का केही अनुसुचीहरूलाइ संसाेधन गरिएकाे सम्मेलनमा जानकारी गराए । जसमा नगरकाे गाैरवकाे अायाेजनाहरूमा बजेट सुनिश्चितता गराएकाे छ । नगर गाैरवकाे अायाेजना अन्तर्गत धरान १६ काे जनपथ मार्गका लागि ३ कराेड रूपैयाँ बजेट विनियाेजन गरिएकाे छ । याे रकम संघीय सरकारले धरानकाे नगर विकासका लागि दिएकाे हाे । यसअघि जनपथका लागि १ कराेड ३० लाख रूपैयाँ बजेट विनियाेजन भइसकेकाे छ । 

त्यस्तै अन्य गाैरबकाे अायाेजना अन्तर्गत धरान ३ काे जल्पा राेड र अाडा लाइनमा नगरपालिकाले १ कराेड र ८० लाख रूपैयाँ विनियाेजन गरेकाे जनाएकाे छ । 

त्यसतै संशाेधन गरीएकाे अनुसुचीमा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधालाइ छिटाे छरीताे र सहज बनाउन भाैतिक पूर्वाधारकाे व्यावस्थापनका लागि पनि वजेटकाे व्यावस्थापन गरिएकाे मेयर राइले जनाए । जसमा वडागत बजेटमा वडा समितिकाे सिफारिसकाे अाधारमा परिर्माजन गरिने बताए ।

सुन्दर वस्ती जग्गा एकीकरण अायाेजनाे समस्या समधानकाे प्रकृया अघि बढाउनुका साथै नगर क्षेत्रका सडक मर्मतकाे लागि दिगाे संयन्त्रकाे विकाश गरी व्यावस्थापन गरीएकाे बताइएकाे छ । त्यस्तै उपमहागरका कर्मचारीहरूकाे सेवा सम्बन्धी एेनकाे पनि निर्माण गरिएकाे मेयर राइले जनाए ।