बिर्तामोड ।  बिर्तामोडको बाल्मिकी एजुकेशन फाउण्डेशनले १७ औ बार्षिक उत्सव तथा ‘बाल्मिकी स्पोर्टस् मिट २०७६’ सम्पन्न गरेको छ ।
बिद्यालयमा आयोजित बाल्मिकी स्पोर्टस् मिट २०७६ मा विभिन्न विधाका पुरस्कार वितरण तथा विविध खेल प्रतियोगिता गरी कार्यक्रम सम्पन्न गरेको हो । खेल प्रतियोगितामा माध्यमिक बिद्यालयसम्मका बिद्यार्थीको सहभागिता रहेको बिद्यालयका प्रवन्ध निर्देशक आनन्दकुमार बस्नेतले जानकारी दिए ।

खेल प्रतियोगिता अन्र्तगत बिद्यार्थीले दौड प्रतियोगिता, टेवलटेनिस, चेस, सांस्कृतिक नृत्यलगायत प्रस्तुत गरेका थिए ।
बिद्यालयका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षता रहेको कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । सोही बिद्यालयका बिद्यार्थी सशांक न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण ढकालले गरेका थिए ।

कार्यक्रममा लिटल फ्लावर्स बोडिङ स्कुलका प्रिन्सिपल देवकुमार दास, पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलका सञ्चालक समिति सदस्य देउमान थेवे, बिर्तामोड नगर शिक्षा अधिकृत केशर खवासलगायतको उपस्थिति थियो ।