धरान/ स्थानीय सरकारले मातृभाषा लाई प्राथाकिता दिन थाल्लेपछि अहिले धरानका सरकारी तथा निजी विद्यालयका बालबालिकाहरू किरात सिरिजङ्गा लिपि तथा लिम्बू भाषा सिक्न उत्साहित हुन थालेका छन् ।

अहिले धरानको विभिन्न सरकारी स्कुलहरूमा लिम्बू भाषाका कक्षा सञ्चालन भइरहेका छन् । धरानको शहीद स्मृति माध्यमिक विद्यालयमा शुरु भएको ७ दिने लिम्बू भाषा लिपिको प्रशिक्षणको उद्घाटन वडा सदस्य रामकुमार थापामगरले किरात सिरिजङ्गा लिपि लेख्दै गरेका थिए ।

स्थानीय सरकारको नीति अनुसार सबैको भाषा र लिपिको संरक्षण गर्नु आवश्यक रहेको बताए । त्यसैगरी शहीद स्मृति माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले सबैको भाषा सबैले बुझ्न र बोल्न सके सबैको भावनात्मक सम्बन्ध सुमुधुर रहने बताए ।

धरान– ८ स्थितको शहीद माध्यमिक विद्यालयमा दुई कक्षादेखि ५ कक्षा सम्मका जम्मा ४० जना विद्यार्थाेहरूले लिम्बू भाषा र लिपि सिकेका थिए । जसमा १० जना लिम्बू ,२ जना राई, १२ जना दलित, ४ तामाङ, ४ मधेशी, ३ नेवार, २ क्षेत्री १ जोगी, १ मगर रहेका थिए ।

त्यस्तै धरान १५ स्थित वद्रीनाथ आभारभूत विद्यालयमा ५० जना विद्यार्थीहरूले लिम्बू भाषा र लिपि सिकेका थिए । जसमा ४जना राई ,२१ दलित, १०लिम्बू ,३ मगर, ४ भुजेल ,३ तामाङ, २ शेर्पा १ चौधरी, १ गुरुङ १ गिरी, लिम्बू लिपि र भाषा निक्कै उत्साहित भएर पढेका थिए ।

त्यस्तै धरान १० स्थित श्री पञ्चायत माध्यमिक विद्यालयमा ३१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा तामाङ ६ जना ,६ लिम्बू, ९राई, ५ दलित, १ क्षेत्री ३ मधेशी,१ याक्खा, लिम्बू भाषा, लिपि सिकेका थिए । त्यस्तै निजी विद्यालयतर्फ धरान १६ स्थित जेनिथ इङ्लिस स्कुलका ४देखि ८ कक्षासम्मका जम्मा २४ जना विद्यार्थीहरूले लिम्बू भाषा । लिपी कक्षामा सहभागी भई लिम्बू भाषा र लिपि सिकिरहेका छन् । जसमा १६ जना लिम्बू, ४ राई २ क्षेत्री २ तामाङ विद्यार्थीहरूले लिम्बू भाषा तथा लिपि सिकिरहेका छन् ।

त्यस्तै लिम्बू भाषा लिपि प्रशिक्षण केन्द्रको आयोजना तथा धरान उपमहानगरपालिकाका वडा कार्यलयहरूको आर्थिक सहयोगमा धरानका प्रत्येक वडाहरूका सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूले उत्साहित भएर लिम्बू भाषा लिपि अहिले पढिरहेका छन् । लिम्बू जातिका बालबालिकाहरू मात्रै होइन गैर लिम्बू बालबालिकाहरू पनि लिम्बू भाषामा नै आफ्नो परिचय दिन सक्ने भएका छन । २ कक्षादेखि ८ कक्षासम्मका विद्यार्थीहरूले लिम्बू भाषा लिपि पढ्न थाल्नु सकारात्मक भएको अगुवाहरूले बताए ।

विद्यालयमा पढ्ने बिषय भन्दा फरक र नौलो विषय भएका कारण लिम्बू भाषा लिपि सिक्दा खुशी लाग्गेको श्री पञ्चायत माध्यमिक विद्यालयका सुशन तामाङ बताउँछन् । उनीहरूले थोरै समयमा धेरै कुरा सिकेको छन् । लिम्बू भाषा र लिपि सिक्नका लागि यो उनीहरूलाई थोरै समय भएको छ ।

धरानका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहज रूपमा भाषा र लिपि सिकेको लिम्बू भाषाका शिक्षक तथा लिम्बू भाषा लिपि प्रशिक्षण केन्द्रका अध्यक्ष स्वार्णिमहाङ फोम्बोले बताए । अहिले सम्म धरानका ३ वटा सरकारी एउटा निजी विद्यालयमा लिम्बू भाषा तथा लिपि पढाइ भइसकेको छ भने धरानका अन्य विद्यालयहरूमा समेत लिम्बू भाषा र लिपिको कक्षा सञ्चालन गर्ने योजना रहेको लिम्बू शिक्षक हाङ बताउँछन् । विभिन्न विद्यालयका विद्यार्थीहरूले आफूले पढ्दै आएका विषयहरू भन्दा फरक विषय भएकाले निक्कै रुचि दिएर पढ्ने गरेका छन् ।

सरल माध्यमबाट छोटो समयमा धेरै कुराहरू सिकाइरहेका छौं । लेखन तथा अभ्यासबाट लिम्बू भाषा र लिपी सिकाइ भइरहेका हुनाले उनीहरूले उत्साहित भएर सिकिरहेका छन् । स्थानीय सरकारले सबै जातिको भातृभाषालाई प्राथाकिता दिएकोमा खुशी लागेको प्रशिक्षकले बताए । त्यस्तै गरी स्थानीय सरकारले सबैजातिको भाषा लिपि शिक्षाको लागि बजेट विनियोजन गरे स्थानीय भाषा र लिपिले प्राथमिकता पाउने विद्यालयका प्रधानाध्यापकले बताए ।

निजी विद्यालयले सिरिजङ्गा लिपि तथा लिम्बू भाषा शिक्षण कार्यक्रम गर्नु रामे्रा कुरा हो । बालबालिकाको मातृभाषा शिक्षा पाउने नैसर्गिक अधिकार भएकाले धरानमा मात्रै होइन अन्य सबै विद्यालयहरूमा पनि विद्यार्थीहरूलाई सिकाउँदै लैजानु पर्ने आवश्यकता रहेको बालबालिकाका अभिभावकको धारणा रहेको छ ।

लिम्बू बालबलिकाहरूले मात्रै होइन गैर लिम्बू बालबालिकाहरूले लिम्बू भाषा बोलेको देख्दा खुशी लागेको धरान–१५ का वडा अध्यक्ष नरेश इङ्वारामले बताएका छन् । मातृभाषाको संरक्षण र विकाश गर्न आउने वर्षहरूमा समेत स्थानीय वडा समितिको बजेटमा मातृभाषा तथा लिपिको निम्ति बजेट छुट्याउने बताएका छन् । आफ्नो जातीय भाषाको सबैले समरक्षण गर्ने आवश्यकता रहेकाले सबैले ध्यान दिनु जरुरी रहेको बताए ।

अहिले नयाँ पुस्ताले आफ्नो मातृभाषा बोल्न छोडेका कारण पनि मातृभाषाहरू लोप हुने अवस्था देखिएको छ । त्यसैले पनि आप्mनो परिवारबाट नै छोराछोरीहरूलाई मातृभाषाको शिक्षा दिनु जरुरी रहेको छ भन्नुहुन्छ किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष मोहनकुमार लिम्बू ।

आफ्नो मातृभाषालाई स्थानीय सरकारले नीतिगत रूपमा सहयोग गरेमा सबै जातिको भाषा लिपि, संस्कृतिको विकाश हुने किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला अध्यक्ष मोहनकुमार लिम्बूको धारणा रहेको छ । स्थानीय निकाय सरकारको नीति अनुसार सबैको भाषा लिपिको संरक्षण र विकाश गर्ने मुख्य उद्देश्यले शुरु भएको लिम्बू भाषा र लिपिको प्रशिक्षणको लागि धरान उपमहानगरपालिकाले वडा तहमा बजेट समेत विनियोजन गर्नुपर्ने आवश्यकता देखिन्छ ।