Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • कोरोना भाइरसविरुद्ध चीनलाई विश्वको साथ, तर सङ्क्रमण अझै घटेन

कोरोना भाइरसविरुद्ध चीनलाई विश्वको साथ, तर सङ्क्रमण अझै घटेन

alt तस्बिर गुगल
  • फागुन ४, २०७६
  • माेहिनी रिजाल
सिन्ह्वा  / चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट आजसम्म कम्तीमा पनि १ हजार ५०० जनाको ज्यान लिइसकेको छ । चीनले यो भाइरसको नियन्त्रणका लागि सक्दो प्रयास गरेको छ, तर पनि यो प्रकोप घट्ने संकेत कतैबाट पनि देखिएको छैन ।
वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । उनीहरुका अनुसार यस भाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुलाई थप सुरक्षित गर्न र उनीहरुको अवस्था सुधार गर्न बिहीबारसम्म २६ अर्ब युआन (करिब तीन अर्ब ७१ करोड अमेरिकी डलर) विनियोजन गरिएको छन् ।
चिनियाँ अर्थ मन्त्रालयका सहायक मन्त्री ओउ वेनहानले शुक्रबार चिनियाँ राजधानी बेइजिङमा पत्रकार सम्मेलन गरी सो जानकारी दिनुभएको हो । यस रकमबाट स्वास्थ्यसम्बन्धी उपकरण र सुरक्षा सामग्री खरीद गरी चिकित्सा संस्थामा आवश्यकताअनुसार सुविधा बढाइने छ । सरकारले महामारी नियन्त्रणमा विरुद्धको लडाईमा उल्लेखनीय योगदान पु¥याउने चिकित्सा टोली र व्यक्तिहरूलाई प्रोत्साहन गर्ने काम गरिरहेको जनाएको छ । सोही पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनमा यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि १ हजार ७१६ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले पनि शुक्रवार यस बारेमा जानकारी गराएको थियो । उक्त आयोगले यो संख्या यहाँ यस सङ्क्रमण पुष्टि भएका चिनियाँ बिरामीको संख्याको करिब ३.८ प्रतिशत हो ।
यसबाट सङ्क्रमण भएर छ जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु समेत भइसकेको छ । कोभिड–१९बाट सङ्क्रमण भएका स्वास्थ्यकर्मीमध्ये १ हजार ५०२ जना त भाइरसको उद्गमस्थल हुबेई प्रान्तकै रहेका चीनले जानकारी गराएको छ । हुबेईको प्रान्तीय राजधानी उहान सहरमा सबैभन्दा धेरै १ हजार १०२ जना स्वास्थ्यकर्मी सङ्क्रमित रहेका बताइएको छ । यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वले चीनलाई साथ दिने बताइरहेको छ । संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, युरोपेली युनियनमात्र नभएर विश्वका नेताहरुले पनि यो सङ्क्रमणको नियन्त्रणमा सघाउने प्रतिबद्धता चीनलाई दिएका छन् । तर पनि यो सहयोग एवं आश्वासनसँगै उता सङ्क्रमण झनै फैलिएको छ । चीनलाई विश्वका कैयौँ देशले यात्रामा प्रतिबन्धदेखि चीन हुदै यात्रा गर्ने क्रम पनि रोकेका सूचनाहरु जारी गरिरहेका छन् । यससँगै यसबाट ज्यान जानेको तथ्यांक हरदिन बढ्दै आएको चीनबाटै प्राप्त समाचारहरुमा जनाइएको छ ।
चीनलाई यसैहप्ता मात्र पनि ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसंघ तथा संयुक्त राज्य अमेरिकाले सहयोग गर्ने जनाएका थिए । संयुक्त राष्ट्रसंघले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिदै यस भाइरसको प्रकोप रोक्न चीनको साथमा रहने बताएका थिए । उनीहरुले यस प्रकोप नियन्त्रणका लागि चीनले गरेका प्रयासको सराहना पनि गरेका थिए । हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना उनीहरुले गरेका छन् । यसका साथै उनीहरुले चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । चिनियाँ नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार चीन सरकारले हरेक समूदायका लागि औसतमा आठ जना सामुदायिक कार्यकर्ता परिचालित गरेको छ । उसले कतै पनि कुनै जनशक्ति, स्वास्थ्य स्वयंसेवक, चिकित्सक तथा अन्य आवश्यक औषधि र सामग्रीहरुको खाँचो हुन दिएको छैन । उहाँले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३०० स्थानीय बासिन्दालाई हेर्ने गरेको जानकारी दिँदै स्थानीय नागरिकलाई प्रत्यक्ष रुपमा हेर्न यो संख्या हालसम्मका लागि पर्याप्त नै रहेको बताए । यो प्रकोप नियन्त्रणका कार्यको निरीक्षण हरेक समुदायमा त्यसको माथिल्लो निकायबाट भइरहेको र आवश्यकताअनुसार स्वास्थ्यकर्मीहरुको संख्या बढाइने गरेको जानकारी पनि दिए ।
चीनलाई यो संकटका बेलामा आवश्यक सबै सहयोग गर्ने भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले शुक्रबार जनाउनुभएको छ । उनले चीन यतिखेर निकै अप्ठेरो अवस्थाबाट गुज्रिएको भन्दै तर केही छोटो समयमै चीनले यो समस्याबाट मुक्ति पाउने उनले बताए  । साथै चीनले यस कार्यमा जारी राखेको प्रयासको उनले प्रसंशा गरे । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि चीनलाई यो सङ्क्रमणविरुद्धको लडाईँमा आवश्यक सहयोग गर्ने बताए  । उनले अहिलेसम्म चीनले अघि सारेका नियन्त्रणका उपायहरुको प्रसंशा गर्नुभएको पनि समाचारमा जनाइएको छ । चीनले यस भाइरसको प्रकोप रोक्न हालसम्म ५० हजार भन्दा बढी सामुदायिक स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ । चीनका विभिन्न प्रदेशमा रहेका छ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरुले जानकारी दिएका थिए । त्यसैगरी बोत्सवानाका राष्ट्रपति मोकवित्सी मेसीले आफ्नो देश र नागरिक चीनको पक्षमा रहेको बताए । उनले चीनले अहिले यो सङ्क्रमण रोक्न जारी राखेको प्रयासले उसका नागरिकलाई मात्र होइन कि अन्य विदेशी तथा चीनका छिमेकीहरुलाई पनि सहयोग पुर्याउने अपेक्षा गरिएको धारणा राखे । यसैगरी तान्जानियाका राष्ट्रपति जोन माग्फुलीले पनि चीनले अहिलेको अवस्थामा धैर्यता र रक्षात्मक उपायहरुका साथ हालको संकटपूर्ण घडीको सामना गर्नुपर्ने बताए   । उनले आफू र आफ्नो देशको तर्फबाट जेजस्तो प्रकारको सहयोग आवश्यक परेपनि आफू तयार रहेको बताउनुभएको छ । त्यस्तै नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटले चीनको सरकार र यहाँका नागरिकसँग ठूलो साहस र धैर्यताका साथै काम गर्नसक्ने क्षमता रहेको भन्दै प्रसंशा गरे । हाल चीनले यो सङ्क्रमणको नियन्त्रणमा जारी राखेका प्रयासहरु उसले आफ्नो देशका नागरिकका लागि मात्र नभएर सबैको हितमा भएकाे बताए ।  यस्तो चिनियाँ अभियानमा हामी सबैले सहयोग गर्ने बताए  ।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाले पनि चीनलाई सान्त्वना दिए । उनले पनि चिनियाँ प्रयासहरुको सराहना गर्दै यो समस्याबाट चीनले छिट्टै नै मुक्ति पाउने पनि बताए । ग्रिक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले यस भाइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिकप्रति दुःख व्यक्त गर्दै महामारी नियन्त्रणका लागि आफ्नो देशले पनि सक्दो सहयोग गर्ने आस्वासन दिएको समाचारमा जनाइएको छ ।
यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिस प्रधानमन्त्रीहरुले पनि चीनलाई सान्त्वता दिँदै यस प्रकोपको नियन्त्रण एवं निवारणका लागि आफ्नो तर्फबाट सबै प्रकारका सहयोग गर्ने बताएका छन ।  उनीहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताउनुभएको छ । हाल चीनले यो प्रकोप रोक्न निकै कडा मेहनत गरेर काम गरिरहेको सबैका भनाई छ । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुतरूपमा फैलिएपछि चिनियाँ भूमिमै १ हजार ४०० जनाको मृत्यु भइसकेको छ ।
शनिबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा करिब ६० हजार व्यक्ति सङ्क्रमित भएका छन् । भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् ।
सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज: चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
असार ३, २०८३
कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार
असार ३, २०८३
खेलकुदमा अब्बल खेलाडीलाई युएन कलेजको सम्मान
असार ३, २०८३
नयाँ बसपार्क तत्काल सञ्चालन गर्न दबाव
असार ३, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
असार ३, २०८३
महिलालाई कालोमोसो दलेको घटनामा सञ्जालको आपत्ति
असार ३, २०८३
धरानमा ६४ किलो गाँजा बरामद, घरधनी फरार
असार २, २०८३
एघार फरार प्रतिवादी पक्राउ
असार २, २०८३
कोशीमा लागूऔषधविरुद्धको महाअभियानः २२ जना पक्राउ
असार २, २०८३
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता
असार २, २०८३
खाँदबारी कारागारको कैदी हत्या प्रकरणः १५ जनालाई जन्मकैद सजाय
असार २, २०८३
आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने
असार २, २०८३
बागमतीको बजेट सबैभन्दा ठूलो
असार २, २०८३
किचकबध उत्खनन्मा बजेट छुट्याऊ
असार २, २०८३
आजको राशिफलः २०८३ साल असार २ गते मङ्गलबार
असार २, २०८३
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज: चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
असार ३, २०८३
कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार
असार ३, २०८३
खेलकुदमा अब्बल खेलाडीलाई युएन कलेजको सम्मान
असार ३, २०८३
नयाँ बसपार्क तत्काल सञ्चालन गर्न दबाव
असार ३, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
असार ३, २०८३
महिलालाई कालोमोसो दलेको घटनामा सञ्जालको आपत्ति
असार ३, २०८३
धरानमा ६४ किलो गाँजा बरामद, घरधनी फरार
असार २, २०८३
एघार फरार प्रतिवादी पक्राउ
असार २, २०८३
कोशीमा लागूऔषधविरुद्धको महाअभियानः २२ जना पक्राउ
असार २, २०८३
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता
असार २, २०८३
खाँदबारी कारागारको कैदी हत्या प्रकरणः १५ जनालाई जन्मकैद सजाय
असार २, २०८३
आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने
असार २, २०८३
बागमतीको बजेट सबैभन्दा ठूलो
असार २, २०८३
किचकबध उत्खनन्मा बजेट छुट्याऊ
असार २, २०८३
आजको राशिफलः २०८३ साल असार २ गते मङ्गलबार
असार २, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क