धरान/ माउण्ट हर्मन एकेडेमी धरान–१८ का विद्यार्थीले पुस्तक तथा कला प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूले प्रकाशन गर्दै आएको ‘किड्स टाइम्स’ पत्रिका ९ वर्षमा प्रवेश गरेको अवसरमा शनिबार आयोजित ‘हर्मनिज बुक फेयर’ मा बाल मनोविज्ञान, साहित्य, विज्ञानदेखि कोर्षका गरी ५ हजार ३ सय ५० पुस्तक प्रदर्शनीमा राखिएको थियो ।

पुस्तकसँगै बालबालिकाले बनाएका चित्रकला र हस्तकला पनि प्रदर्शनमा राखिएको थियो । एकेडेमीका प्रिन्सिपल अनुप योञ्जनको सभापतित्व र कवि बम देवानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कवि सुदीप पाख्रिनसँग बालबालिकाले अन्तरक्रिया गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कवि देवानले यस्ता कार्यक्रमले बालबालिकामा प्रोत्साहन हुने बताए । कार्यक्रममा फोटो तथा डल्फिन टोयज प्रदर्शनी गरिएको थियो ।