ताप्लेजुङ /  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी कविता थापा हत्या आरोपमा पक्राउ परेका खड्ग बस्नेत पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधिश प्रकाश राउतको इजलाशले बस्नेतलाई कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिष्णु खड्काले बताए ।
खड्काका अनुसार कविताका आफन्तले खड्गसहित उनकी श्रीमती भिममाया, छोरीहरु एलिसा र तारादेवी तथा भतिजो नाता पर्ने प्रेम कार्की विरुद्ध किटानी जाहेरी दिएका थिए । जसमध्ये भीममाया र प्रेम कार्की भने जनही १–१ लाख रुपैंया धरौटीमा छुटेका छन् । त्यस्तै एलिसा र तारादेवीलाई भने अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको खड्काले बताए । कविता गत पौष ५ गते गाउँमै हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । उनका श्रीमान वैदेशिक रोजगारमा गएका छन् ।