इनरुवा । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा सुनसरीमा अपराधको घटनामा कमी आएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार जिल्लामा चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा अपराधसम्बन्धी घटनामा कमी आएको सुनसरीका एसपी यज्ञविनोद पोखरेलले बताए ।
जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा २ हजार २० वटा अपराधसम्बन्धी घटनाको मुद्दा दर्ता भएकोमा चालू आर्थिक वर्षको अहिलेसम्ममा १ हजार १ वटा मुद्दा दर्ता भएकाले अपराधको घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्लामा गतवर्ष २ हजार २० वटा मुद्दा दर्ता भई १ हजार ६ सय ९७ वटा फछ्र्याैट भएको थियो भने ३ सय २३ वटा मुद्दा फछ्र्याैट हुन बाँकी रहेको थियो । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा १ हजार १ वटा मुद्दा दर्ता भई ७ सय ५१ वटा मुद्दा फछ्र्याैट भएको र दुई सय ५० वटा मुद्दा फछ्र्याैट हुन बाँकी रहेको सुनसरीका एसपी पोखरेलले बताए ।

जिल्लामा चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा सबैभन्दा बढी भाद्र महिनामा अपराधसम्बन्धी घटना भएको प्रहरीले जनाएको छ । भाद्र महिनामा १ सय ८७ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएको सुनसरीका एसपी पोखरेलले बताए ।

जिल्लामा साउन महिनामा १ सय ७५ वटा, भदौमा १ सय ८७, असोजमा १ सय ५९, कात्तिकमा १ सय ५८, मङ्सिरमा १ सय ४६, पुसमा १ सय ३५ र माघमा ८१ गरेर १ हजार १ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

जिल्लामा सीमित जनशक्तिका बावजुद पनि शान्ति सुरक्षा प्रदान गर्ने सवालमा प्रहरी सक्षम देखिएको एसपी पोखरेलले बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रमको माध्यमबाट सूचना आदान– प्रदानको क्रम बढेका कारणसमेत अपराध नियन्त्रणमा थप सहयोग पुगेको प्रहरीले जनाएको छ ।