Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अपराध
  • प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईं प्रशासनबाट छुटकारा पाए

प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईं प्रशासनबाट छुटकारा पाए

alt
  • फागुन ३, २०७६
  • रासस
 
काठमाडाै‌ / चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई अभद्र व्यवहार गरेको अभियोग लागेका झापास्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं हिजाे जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर हाजिर भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आज हाजिर भएका प्रसाईंलाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बयान सकेर साधारण तारिखमा छाड्न आदेश दिएपछि प्रसाइ छुटेको कार्यालयले जानकारी दिएको छ ।
गत माघ २ गते अभद्र व्यवहार कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रशासनले हाजिर भएलगत्तै तारिखमा छाडेको छ । प्रजिअ पाण्डेले प्रसाइको अन्तिम निर्णय नभएसम्मका लागि साधारण तारिखमा छाडिएको जानकारी दिए  ।
महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानले प्रहरीले गत आइतबार जिल्ला सरकारी वकिललाई प्रसाईंविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको जानकारी दिए । त्यसपछि सरकारी वकिल कार्यालयले जिल्ला प्रशासनमा प्रसाईं विरुद्ध मुद्दा दर्ता गरेको थियो । एक महिनादेखि खोजीको सूचीमा राखेको प्रसाईंलाई एक महिनासम्म खोज्दा पनि भेट्न नसकेकामा आज आफैँ आएर सुटुक्क प्रशासनमा हाजिर भएको प्रहरीको भनाइ छ ।
रु २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध आयोगका उपाध्यक्ष डा गिरीले मानहानीको मुद्दा दर्ता गरेका थिए ।  यता आयोगका उपाध्यक्ष डा गिरीले भने प्रसाईं प्रशासनमा हाजिर भएको र साधारण तारिखमा छुटेकोबारे आफूलाई प्रशासनले कुनै जानकारी नगराएको बताए । उनले आफ्नो तर्फबाट प्रसार्इंविरुद्धको कानूनी र प्रशासनिक लडाइँ जारी रहेको प्रतिक्रिया दिए ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मानहानीको मुद्दा हालेपछि प्रसाईंले गिरीविरुद्ध मुद्दा फिर्ता लिन धम्की दिनुका साथै कुटपिटसम्म गर्ने चेतावनी दिएको भन्दै गिरीले अभद्र व्यवहारको जाहेरी दिएका थिए । मानहानीको मुद्दाका बारेमा काठमाडौँ जिल्ला अदालतले पनि प्रसाईंलाई २१ दिनभित्र उपस्थित हुन आदेश दिएको थियो । अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार २१ दिनभित्र आफ्नो कुरा भए लिखित रुपमा अदालत समक्ष राख्न आदेश दिइएको हो । जिल्ला प्रशासनले पक्राउ गर्न अनुमति दिएको एक महिनासम्म पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । प्रसाईंले भने १० माघमा जिल्ला प्रशासन कार्यालय भक्तपुरको पक्राउ पूर्जीविरुद्ध वारेसमार्फत सर्वोच्च अदालतमा निवेदन दिएका थिए । पक्राउ आदेश रोक्न माग गर्दै रिट दायर भए पनि सर्वोच्चले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थिएन ।
सर्वोच्चले १५ दिनभित्र भक्तपुर जिल्ला प्रशासनलाई पक्राउ पूर्जी जारी गर्नुपर्ने कारणसहित लिखित जानकारी दिन आदेश गरेको थियो । प्रसाईंले पनि आयोगका उपाध्यक्ष गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी दिएका छन् । गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्ष र स्वास्थ्य सेवा बीमा बोर्डको निर्देशक हुँदादेखिको सम्पत्ति विवरण छानबिन गरिनुपर्ने प्रसाईंको माग छ ।
सम्बन्धित समाचार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा

इनरुवा । सीमा क्षेत्रका बालबालिकालाई दुव्र्यसनबाट जोगाउँदै जिम्मेवार नागरिक ...

जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई

धरान । सुनसरी जिल्ला फुटबल सङ्घको आयोजनामा आइतबार सम्पन्न फाइनलमा छात्रातर् ...

बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै

विराटनगर । पटक–पटक झडप र आतङ्क मच्चाउने, समूह बनाएर भाग्ने र सुधार गृहको वा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
एजेन्टकै मिलेमतोमा साढे ६ लाख राजस्व छली
कुटपिटबाट मृत्युपछि सञ्चालकसहित नौ पक्राउ
इटहरीमा ‘नामी भिगो’ कार सार्वजनिक
कटहरी रेलमार्गमा नयाँ आशा
आजको राशिफलः २०८२ साल कात्तिक २४ गते सोमबार
कटहरीमा रेलमार्गको अन्तिम स्टेशन निर्माणले गति लियो
२५७ केजी गाँजा बरामद
पूर्वमन्त्री अफताव आलमको निधन
आजको राशिफलः २०८२ साल कात्तिक २३ गते आइतबार
बिदा स्वीकृत नभएका बीपीका शिक्षकहरू धमाधम बर्खास्त
६ वर्षमा २७ प्रतिशत काम
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved