धरान / एक महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहर िकार्यालय सुनसरीमा जाहेरी परेका एसएसपी सौरभ राणालाईहाल मुद्वा चलाउन पर्ने भन्दें सरकारी वकिलको आदेशमा छुटकारा पाएका छन् ।
हिजोृ शुक्रबार साँझ सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुलप्रसाद निरौलाको आदेशमा हाजिरी जमानीमा छुटेको सरकारी वकिलको कार्यालय सुनसरीले जनाएको छ ।

खोजी भएको बखत उपस्थित हुने गरि उनलाई छाडिएको हो । बलात्कार गरेको प्रमाणहरु नजुटेको कारण मुद्वा नचलाइएको बताइएको छ ।  झापाको एक महिलाले राणाले इटहरीको एक होटलमा बलातकार गरेको भन्दैं जाहेरी दिए पनि पछि तीनै पहिलाले राणाको बचाउ गदैं अदालतमा निवेदन दिएकी थिइन ।
गृहमन्त्रालयले संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख राणालाई पदबाट समेत निलम्बन गरेको थियो ।