पथरी /  मोरङको कानेपोखरी गाउँपालिका–७, स्थित कानेपोखरीको जंगलमा एक पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सडकदेखि दक्षिणमा जंगलमा शुक्रबार बेलुका ४ बजे एक अपरिचित पुरुषको शव फेला परेको हो ।
पहाडेमुलका अन्दाजी ४० वर्षीय जस्तो देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । डीएसपी गिरीका अनुसार पुरुषको कान र मुखमा किरा परेर सडिर्दै गएकोले २५ दिन अघि मृत्यु भएको हुन सक्ने बताएका छन् ।
मृतक शवको शरिरमा कुनै पनि चोटपटक भने नदेखिएको र शवलाई शुक्रबार नै पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगेको प्रहरीले बताए । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको गिरीले बताए ।