लक्ष्मीमार्ग / बेलवारीको लक्ष्मीमार्ग स्थित ट्रकले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । बुधवार विहान ९ बजे पूर्ववाट पश्चिम तिर आइरहेको ना ५ ख ८६८० नम्बरको ट्रकले को४०प ११७ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरका चालक बेलबारी १का५३ बर्षीय विक्रम खड्काको मृत्यु भएको हो । ट्रकको ठक्करवाट घाइते भएका ख्डकोको उपचारका क्रममा न्यूरो अस्पताल बिराटनगरमा मृत्यु भएको ट्राफिक पोष्ट बेलबारीका प्रमुख लिला श्रेष्ठले बताए । स्कुटरको पछाडि सवार डिल्ली खड्का भने सामान्य घाइते भएका छन् उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र ट्रक तथा चालक भने प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करवाट स्कुटरका चालकको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































