धरान / आज विहान साढे १ बजे इटहरी (२ आँपगाछीस्थित कोशी राजमार्गमा काठमाण्डौबाट खाँदबारी जाँदै गरेको बा ४ ख ५७८९ नम्बरको बस अनियन्त्रित भई दुर्घट्ना हुँदा ६ जना घाइते भएका छन् ।
उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर अनुसन्धत्रान शुरु गरेको छ । संखुवासभाका ४ जना, तेह्रथुम १ र धरानको १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी इन्स्पेक्टर सरोज खनालले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेहरुको विवरण
१। जिल्ला संखुवासभा खाँदबारी नपा(६ बस्ने वर्ष ३० को रवि सेन्चुरी (गम्भीर)
२। ऐऐ बस्ने वर्ष २० को पुर्ण बहादुर कुमाल (गम्भिर)  
३। ऐऐ बस्ने वर्ष २७ को सुरज राई (सामान्य) 
४। ऐ मकालु गापा(६ बस्ने वर्ष २० जगदिश राई (सामान्य)  
५। जिल्ला तेह्रथुम म्याङलुङ नपा(८ बस्ने वर्ष ३४ को थमन लिम्बु ( सामान्य) 
६। जिल्ला सुनसरी धरान उमनपा(८ बस्ने वर्ष ४१ को विश्व कुमार लिम्बु (सामान्य)