बेलबारी । मोरङको मिक्लाजुंग गाउँपालिकामा स्काभेटरमा आगजानी भएको हप्तादिन नपुग्दै मोरंगको केरबारी गाउँपालिकामा शुक्रबार राती कुकर बम बिस्फोट भएको छ ।

विष्फोटको जिम्मा कसैले नलिएता पनि विप्लव नेतृत्वको नेकपाले गरेको अनुमान रहेको छ । राती करिब साढे ९ बजे पालिकाको कार्यालयको मुलगेटमा बम बिष्फोट गराएको थियो । विष्फोटबाट मानवीय क्षती नभएता पनि अनुमानित २० लाख बढीको भौतिक संरचनामा क्षेती पुगेको प्रहरीले बताएको छ । बिष्फोटबाट जेनेरेटर, १० ओटा झ्यालका सिसा, सिसि क्यामेरा र एउटा स्कुटर लगायत पालिकाको भवनमा क्षती पुगेको छ। पालिकाको परिसर नजिकै एउटा सुत्ली बम समेत राखेको पाइएको छ । बम डिस्पोज टोलि आइ नपुगेको कारण सुरक्षा संयन्त्र परिचालन गरिएको प्रहरीले बताएको छ । बम भेटिए पछि वरपर त्रास बढेकाे छ ।