धरान  / धरान– १८ का ६ वटा बालक्लवहरुमा आवद्ध २४ जना बालबालिकाहरुलाई १८ नं. बडा कार्यालयले तीन दिने बाल पत्रकारिता तालिम दिएको छ ।
स्टार एफ एडभरटाइजिङ धरानको आयोजनामा भएको तीन दिने तालिममा आधारभूत पत्रकारिता, भित्तेपत्रिका लेखन तथा व्यक्तित्वकलाबारे प्रशिक्षण दिइएको आयोजक संस्थाका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए ।
तालिमको सहजिकरण पत्रकार देबेन्द्र कार्की र रेडियोकर्मी शिशिर राईले गरेका थिए । तालिमको समापन आज गरिएको छ । समापनमा वडा अध्यक्ष नरेन्द्रकुमार राई, महिला तथा बालबालिका प्रमुख जमुना त्रिखत्री मोक्तान, वडा सदस्यहरु दिलु राई, जगदिश सुनुवारलगायतको उपस्थिति रहेको थियो ।