धरान /  धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी मार्फत पित्त नलीमा पत्थरी भएका ७० जना विमारीहरुको  सफल रुपमा निकालेको छ ।
इआरसीपी बिधि मार्फत हालसम्म ७० जना विमारीको सफल उपचार गरिएको प्रतिष्ठानका ग्याष्टङोइटेरोलोजी विभागका प्रमुख डा. विक्रम प्रधानलले जानकारी दिए । इआरसीपी भनेको बिना चिरफार पित्त नलीको पत्थरी (ढुंगा) निकाल्ने प्रविधि हो । १ सेमी भन्दा भन्दा ठूलो ढुङगा बने पछि यस अघि शल्यक्रिया गरेर मात्र ढुङगा निकालिदैं आएको थियो । तर अव १ सेमी भन्दा ठूलो ढुंग ाबने पनि दुई पटक गरेर निकाल्न सकिन्छ । एक महिना अघि नयाँ प्रविधी आए पछि विना शल्यक्रिया पित्त नलिको ढुंगा निकालिएको हो । यो सेवा राजधानी बाहिर नोवल अस्पताल विराटनगरमा छ । तर विराटनगरमा बाहिरबाट चिकित्सक ल्याएर उपचार गदैं आएको बताइएको छ ।
डा. प्रधानका अनुसार सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकालिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, ययस प्रविधिमा विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर ढुंगा निकालिने भएकाले सहज हुने गर्छ । समयको बचत र विमारीको शल्यक्रिया गर्न पर्ने समस्याबाटसमेत यो विधीबाट छुटकारा पाइने डा. प्रधान बताउछन् । खर्चको हिसावले पनि शल्यक्रिया भन्दा कम १०/१२ हजारमा सबै काम हुने प्रतिष्ठानले बताएको छ । भारतमा भन्दा प्रतिष्ठानमा सस्तो रुपमा सेवा दिदैं आएको बताइएको छ । शल्यक्रिया गर्दा न्युनतम ४/५ दिन अस्पताल बस्नु पर्ने हुन्छ । तर आरसीपी बिधि उपचार गराउदा भोली पल्ट घर जान सकिने अस्पतालका सहायक निर्देशक डा. दिलिप ठाकुरले जानकारी दिए ।

यस अघि काठमाडौ तथा भारतमा गएर सेवा लिदैं आए र जोखिमपूर्ण शल्यक्रिया गरि उपचार गदैं आएका विमारीहरुलाई प्रतिष्ठानको यो सेवाले राहत पुगेको प्रतिष्ठानका सूचना अधिकारी धुर्व नेपालले बताए ।

82943156_532203844308825_2523632558751612928_n