पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे ४ को न्यु क्षितिज टोलमा केन्द्र सरकारको ३८ लाख लगानीमा आधारभुत स्वास्थ्य केन्द्रको भवन बनाउनका लागि एक स्थानीयले २ कठ्ठा १० धुर जग्गा दान गरेका छन् ।

स्थानीय चन्द्रप्रसाद अधिकारीले केन्द्रीय स्तरबाट सबै स्थानीय तहको वडा स्तरमा एक आधारभुत स्वास्थ्य केन्द्र निमार्ण गर्नु पर्ने प्रावधानलाई सघाउन आफुले निस्वार्थ भावनाले जग्गा उपलब्ध गराएको जनाए । उनले वडा कार्यालयलाई पूर्जा हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य चौकी निमार्णका लागि केन्द्र सरकारले ३८ लाख बजेट उपलब्ध गराउने ४ नम्वर वडाध्यक्ष गोविन्दवहादुर भण्डारीले बताए । उनले राम्रो कामको लागि जग्गा दान गर्नु हुने जग्गा दाता अधिकारी परिवारलाई धन्यबाद सहित भवन निमार्ण सम्पन्न भए पछि वडा नगरको तर्फबाट समेत सम्मान गरिने बताएका हुन् । गाउँ गाउँमा नै आधारभुत स्वास्थ्य केन्द्र स्थापना हुने भएपछि स्थानीय हर्षित भएका छन् ।