धनकुटा/ धनकुटाको मूलघाटस्थित तमोर नदीको पक्की पुलबाट हाम्फालेर १ जनाले शनिबार राति ज्यान गुमाएका छन् ।
हाम्फालेर ज्यान गुमाउनेमा इटहरी उप–महानगरपालिका–१ आँपगाछीका ३३ वर्षीय राजन चौधरी रहेका छन् । घटना शनिबार राति ११ बजे घटेको प्रहरीले बताएको छ । इटहरी उपमहानगरपालिका वडा नं. १ आँपगाछी घर भएका २९ वर्षीय अञ्जिल मगर र ३३ वर्षीय चौधरी तेह्रथुमको तीनजुरे, मिल्के, जलजले क्षेत्रमा हिउँ खेल्न गएका र फर्कने क्रममा घटना घटेको बताइएको छ ।
को.३५ प ४१०१ नम्बरको मोटरसाइकलमा उनीहरू हिउँ खेल्न गएको प्रहरीले जनाएको छ । चौधरी मोटरसाइकल रोकेर हाम्फाल्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै सशस्त्र प्रहरी बलको उद्धार टोलीले चौधरीको शव मात्र नदीबाट निकालेको प्रहरीले जनाएको छ । मोटर साइकल चालक अञ्जिल मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।