धरान / धरान उपमहानगरपालिका वडा नं. ९ का जनता खानेपानी नपाए पछि संघर्षमा उत्रिएका छन् । वडा अध्यक्ष रत्न कट्वालकाेे संयाेजकत्वमा संघर्ष समिति बनाएर संघर्षमा उत्रिएका हुन ।
वडा अध्यक्ष कट्वाल ले वडावासीहरुले खानेपानी संस्थानलाई महसुल नतिर्ने र खानेपानी संस्थानको विरुद्ध संघर्षमा उत्रिने घोषणा गरे। वडा कार्ययालय अगाडी भेला भएका स्थानीयका अगाडी कटुवालले खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठलाई फोन मार्फत अब कुनैपनि बहानाबाजीमा वडाबासीहरु नफस्ने र महसुल लिएर खानेपानी चै नदिने संस्थानका विरुद्ध संघर्ष गर्ने चेतावनी दिएका थिए ।
उनले जनताकाे समस्या समाधानकाे लागि आफु जेल जान तयार रहेकाे बताए । पानी धारामा आउन छाडे पछि स्थानीय वडा कार्यालयमा गुनासाे गरेका थिए । धरानमा खानेपानी संस्थानले पानी वितरण गर्दै आएकाे छ । सुख्खा याममा पानी अपुग हुने भए पछि धरान उपमहानगरपालिकाले एडिवीकाे सहयाेगमा खानेपानी आयाेजना संचालनमा ल्याए पनि पानी वितरण गर्न सकेकाे छैन् । आयाेजना प्रमुख राजु पाखरेलले निर्वाचन ताका एक महिना भित्र धरानका १६ वटा वडामा पानी वितरण गरिसकिने बताएका थिए । तर माघ लाग्न लाग्दा पनि आयाेजनाले पानी वितरण गर्न सकेकाे छैन ।