विराटनगर । विराटनगर महानगरपालिका ५ मा सर्पले टोकेको विरामीको उपचार गरिन सर्पदंग उपचार सेवा संचालन ल्याउने भएको छ ।
चालु आर्थिक वर्ष भित्रमा पूर्वाधार र प्राविधिकहरु तयार गरि आउँदो आर्थिक वर्षको सुरुवातमा सर्पदंश सेवा वडा कार्यालये संचालन ल्याउने भएको हो ।

वडा भित्र रहेको २ तले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सर्पदंशको उपचार सेवा संचालन ल्याउने तयारी गरिएको वडा अध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । हाल ७ जना एच. ए. र अनसी रहेका छन् । सर्पदंशको लागि छुटै प्राविकि ल्याउने तयारी गरिएको वडा अध्यक्ष आचार्यले बताए । अघिल्लो आर्थिक वर्षमा वडा भित्र सर्पदशं उपचार सेवा सुरु गर्ने प्रदेश १ को सामाजिक विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ बजेट पनि निकास भएको छ ।

‘मन्त्रालयबाट बिनायोजित भएको बजेटले २ कोटा भवनको निर्माणको काम भइरहेको छ,’ वडा अध्यक्ष आचार्यले भने, ‘सर्पदंश उपचा सेवा संचालन गरिन आवश्यक पर्ने फनिचरहरु पनि खरिद भयो । अब मानवीय स्रोत धानको आवश्यक छ ।’ यसको व्यवस्था विराटनगर महानगरपालिकाले गरिदिएपछि वडा भित्र सर्पदंश सेवा संचालनमा आउने उनको भनाई छ । अहिले सर्पकले टोकेको विरामीको उपचार विराटनगरस्थित कोशी अस्पतालमा मात्र उपचार भइरहेको छ । कोशीमा पनि भरपर्दा उपचार पद्धती नभएकोले यहाँ संचालन हुने सर्पदशंको उपचार भरपर्दा र गुणस्तरीय सेवा प्रदान हुने वडा अध्यक्ष आचार्यको दाबी छ ।

सुनसरीको तल्लो भेगको केही स्थान र विराटनगर महानगरपालिका भरीका विरामीलाई सेवा पुर्याउने उद्देश्यले सर्पदंशको उपचार सेवा सुरु गर्न लागेको उनले बताए ।