धरान । धरान १ स्थित भिजन फिटनेसले तेस्रो मिस्टर भिजन शारिरिक सुगठन प्रतियोगिता गर्ने भएको छ ।
उद्याधरानमा यहि पौष २६ गते शनिवार प्रतियोगिता आयोजना हुने आज आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । प्रतियोगितामा ५५ केजी तौल समुह, ६० केजी र ६५ केजी तौल समुह विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार ८ हजार, तेस्रो ५ हजार, चौथो ४ हजार र पाचौले ३ हजार रुपैया र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगिता विजेतालाई एलाइनेट जिमको आयोजनामा हुने तेस्रो नेपाल च्याम्पियन शारिरिक सुगठन प्रतियोगितामा सहभागिता गराइने भिजन फिटनेसका संचालक केशव श्रेष्ठले जानकारी दिए । फिटनेसका सदस्यहरुलाई प्रोत्साहन गर्न र शारिरिक सुगठनलाई खेलको रुपमा विकास गर्नको लागि पनि मिस्टर भिजन प्रतियोगिताको सुरुवात गरिएको उनले बताए । यस अघि भिजन फिटनेसले मिस्टर धरान प्रतियोगिताको आयोजना गरि सकेको छ । मिस्टरभिजन प्रतियोगितामा मुख्य निर्णायक एसियन जज शिव मुखिया, राष्ट्रिय जज विक्रम लिम्वु, केशव श्रेष्ठ, सिता श्रेष्ठ र दिनेश सिंघक लिम्वु रहने बताइएको छ ।