जिरोपोइन्ट/धरानमा यही पौष २९ गते यलम्बर साँझ हुने भएको छ । यलम्बर सम्बत् ५०८० को अवसरमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

किरात राई यायोक्खा सुनसरीको आयोजनामा धरानको भानुचोकमा हुनलागेको यलम्बर साँझमा गायक राजेशपायल राई, जितेन राई, किरात राई सांस्कृतिक कलाकार सङ्घका कलाकारहरूका साथमा स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताइएको छ ।

प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रम दिउँसो ३ बजेबाट शुरु हुने किराया सुनसरी अध्यक्ष बलराम राईले जानकारी दिएका छन् ।

कार्यक्रमको शुरुवातमा प्रदेश नम्बर १ को नामकरण किरात प्रदेश राख्नुपर्ने आधार प्रस्तुत गरिनुका साथै यलम्बर सम्बत्को इतिहासको विषयमा प्रस्तुति रहने किराया सुनसरीका सह–सचिव तथा कार्यक्रम संयोजक नवीन राईले बताए ।

कार्यक्रममा १३ औँ दक्षिण एशियाली खेलकुद सागमा पदक जित्न सफल सुनसरीका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिने बताइएको छ । किरात हाङ यलम्बरले शुरु गरेको मौलिक सम्बत्लाई संरक्षण, सम्बद्र्घन र विकास गर्दै लैजाने तथा साथमा नेपाल सरकारबाट यलम्बर सम्बत्लाई मान्यता प्रदान गराउँदै नेपालको राष्ट्रिय सम्बत्को रूपमा स्थापित गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

यसका साथै सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।