पथरी / ‘सम्पूर्ण आदिवासी जनजाति विद्यार्थीहरू एकजुट होऔं’ भन्ने मूल नाराका साथ आदिवासी जनजाति मुलका छात्राहरूका लागि मोरङको पथरीशनिश्चे नगरमा १५ दिने निःशुल्क मन्टेश्वरी तालिम शुरु भएको छ ।
पथरीको रत्नचोकमा शुक्रबार कार्यक्रमका प्रमुख अतिथि पहिलो संविधान सभा सदस्य लालबहादुर सुस्लीन मगरले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गरी शुरु गरेका हुन् । नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घ नगर समन्वय समिति पथरीशनिश्चरेको आयोजना र पथरीशनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि वडा नं. १ का वडाध्यक्ष बाबुराम एङ्देन लिम्बू, आदिवासी जनाजाती पत्रकार महासङ्घ १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्मेली राई, आदिवासी जनजाति महासङ्घ नगर समन्वय समितिका सचिव देवेन्द्र वनेम, आदिवासी जनजाती पत्रकार महासङ्घ मोरङ अध्यक्ष दिनेश सुब्बा लिम्बू, याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर सचिव विक्रम लिम्बू, एभरेष्ट अङ्ग्रेजी माविका निर्देशक रविन कन्दङ्वा र नेपाल आदिवासी युवा महासङ्घ नगर अध्यक्ष सुमन वनेमलगायत अतिथि रहेका थिए ।

माघ ३ गतेसम्म चल्ने १५ दिने तालिममा राजेश खत्री, सपना काफ्ले र सितल रायले सहजीकरण गर्ने अध्यक्ष निता कुलुङ राईले बताइन् । १ लाख नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा नगरपालिका क्षेत्रभित्रका ३० जना आदिवासी जनजाति मूलका छात्राले सहभागिता जनाएका छन् । विद्यार्थी महासङ्घका नगर अध्यक्ष निता कुलुङ राईको सभापतित्वमा भएको थियो भने कार्यक्रमको अञ्जु मगरले सञ्चालन गरेकी थिइन् ।