भद्रपुर / भद्रपुर मारवाडी युवा मञ्चले भद्रपुरमा ९ औँ स्थापना दिवस मनाएको छ । शुक्रबार विहान भद्रपुर जनता चोकबाट मेची पुलसम्म प्रभातफेरी गरेको मञ्चले दिउँसो रक्तदान गरेको हो ।
युवा मञ्चका अध्यक्ष मुकेश मित्रुकाको सभापतित्वमा आयोजित कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।
रक्तदानको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटीले गरेको थियो । प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मारवाडी राष्ट्रिय परिषदका केन्द्रीय सदस्य अजय साहेवाला,झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरु,काङ्ग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल,मारवाडी महिला मञ्च पूर्व अध्यक्षअर्चना मित्तल लगायतको उपस्थिती रहेको मञ्चका सचिव दीपक अग्रवालले जानकारी दिए ।