भद्रपुर/ सडकमा पार्किङ गरी राखेको बसमा गएराती अज्ञात समूहले आगजनी भएको छ ।
झापा कचनकवल ६ वनियानी बजार भन्दा केही तल राखिएको ना ४ ख १७७० नम्बरको त्रियुगा नामको बसमा आगजनीबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
वस वनियानी – गाइघाट सञ्चालन हुदै आएको थियो । वुधबार राती पौने ९ बजे आगो लागेको इलाका प्रहरी कार्यालय वनियानीले देखपछि भद्रपुरको दमकल,कचनकवल गाउँपालिकाको टयाङ्कर,स्थानीय,प्रहरी लगायतले पूर्ण क्षतिहुनबाट जोगाएको जिल्लाका इन्सपेक्टर केशब अधिकारीले जानकारी दिए ।
आगलागीबाट यात्रु सिट लगायत बाहिरी भाग जलेको उनले बताए । आगलागिको कारणका बारेमा अनुसन्धान शुरु गरिएको उनले बताए ।