धरान / नायिका बिनिता बराल पछिल्लो समय फिल्म उद्योगबाट केही पर रहेकी थिइन् ।
चपली हाइटबाट चर्चाको शिखर चुमेकी बिनिता बुधबार मात्रै आमा बनेको खबर बाहिरिएको छ । उनले छोरीको जन्म दिएकी छन् । केहीअघि मात्रै उनले सामाजिक सञ्जालमार्फत् आफू आमा बन्न लागेको खुशी शेयर गरेकी थिइन् । त्यो खुशी शेयर गरेको केही महिना नबित्दै उनी आमा बनेको खबर पनि बाहिरिएको हो ।
उनले सामाजिक सञ्जालमार्फत् छोरीको जन्म दिएको खुलाएकी हुन् । उनले छोरीको नामसमेत ‘काया’ राखेको उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् नै छोरीको साथमा रहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले २०७४ को जेठमा प्रेमी तिलक पौडेलसँग विवाह गरेकी थिइन् । उनीहरू तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेका थिए ।