भारत / बलिउड नगरीमा करिना कपुरको आफ्नै महŒव छ । बलिउड इण्डष्ट्रीमा दुई दशक बिताइसकेकी छन् ।
रिफ्युजीबाट बलिउडमा डेब्यु गरेकी करिना अहिले त झनै खारिएकी छन् । सन् २००० मा रिलिज भएको रेफ्युजीले उनलाई फिल्म इण्डष्ट्रिजमा स्थापित गराउन केही भूमिका खेल्यो । तर, उनले त्यो बेला पनि आफूलाई फिल्मका लागि कुनै अडिसन दिएको घटना बाहिर आएन ।

तर, हालै भने उनले फिल्मका लागि अडिसन दिनुपरेको कुरालाई खुलाएकी छन् । त्यो पनि आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ मा । फिल्मी करिअरको २ दशकपछि अडिसन दिनुपर्दा उनलाई कस्तो लाग्दो हो । तर, उनले यसलाई सहज रूपमा लिएको बताएकी छन् । उनले एक अन्तरवार्तामा अडिसन दिएर फिल्ममा अभिनय गरेको लालसिंह चड्डा नै आफ्नो पहिलो फिल्म रहेको खुलाइन् ।
यो फिल्म अहिले छायाङ्कनरत छ । उनले भनिन्, ‘यो मेरो करिअरको एकमात्र यस्तो फिल्म हो, जसका लागि मैले अडिसन दिएँ ।’

आमिरसँग उनले ‘थ्री इडिएट्स’ र ‘तलास’ मा का गरेकी थिइन् । त्यसो त, करिनाको नयाँ ‘गूड न्यूज’ नामक फिल्म शुक्रबार रिलिज भएको छ । ‘लाल सिंह चड्डा’ सन् १९९४ मा प्रदर्शन भएको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक हो ।