विराटनगर । मोरङको कटहरी गाँउपालिकास्थित राजवंशी समाज विकास समितिले रक्तदान कार्यक्रम गरेको छ ।
समितिको आफ्नै भवन परिसरमा शुक्रबार आयोजित शिवीरमा ३५ जनाले रक्तदान गरेका छन । रेडक्रस सोसाईटीको प्राबिधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा समितिका पदाधिकारी सहित स्थानीय सर्वसाधारणले रक्तदान गरे ।

राजवंशी समाज विकास समितिको स्थापना दिवसको अवसरमा आयोजित तीनदिने कार्यक्रमको पहिलोदिन रक्तदान शिवीर आयोजना गरिएको संस्थाका अध्यक्ष भीमराज राजवंशीले जानकारी दिए । कार्यक्रम अन्र्तगत पुष ५ गते समाजको नवनिर्मित कार्यालय भवनको मुख्यमन्त्री शेरधन राईले उदघाटन गर्ने तथा पुष ६ गते रंगारंग सांस्कृतिक कार्यक्रम आयोजना गरिने उनले बताए ।
फोटो छ ।