धरान / ५३ वर्षको उमेरमा असामयीक निधन भएका चलभित्र क्षेत्रका आशाका केन्द्र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रणअन्त नाटकीय रुपमा भएको संञ्चारमाध्यमहरुले लेखेको छन् ।
आइतवार विकास वोर्डका सदस्य नरेन्द्र महर्जनको आमाको पुन्यतिथिको निम्तो मान्न गएका उनको करिव ३ घण्टाको अन्तरालमा मृत्यु भएको हो ।
१५ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आइरहेका उनले साझ ७ बजे महर्जनको घर कीर्तिपुर पुगेर नेवारी परम्परा अनुसार मधिरापान गरेको बताइएको छ ।
निम्तामा पुगेका भट्टराईलाई महर्जनको घरमा रहँदा उनले केही असहज महसुस गरेको र टाउको दुःखेको बताएका छ भने निम्तो मानेर अनामनगरस्थित घर फर्किने क्रममा उनको स्वास्थ्य बिग्रेको र राति ९ बजेतिर बाटोमा उनले वान्तासमेत गरेका जनाइएको छ ।
करिब १० बजे राती अचेत अवसस्थामा चाबहिलस्थित ओम अस्पताल पुर्याइएका भट्टराईले गाडीबाट ओराल्ने क्रममा उनको मुखबाट र्याल र रगत निकाले थिए ।  अस्पतालले उनलाई अस्पताल पर्याउनु र्पूवनै उनको निधन भएको जनाएको छ । 

हृदयघातबाट निधन भएको हुन सक्ने आशंका गरिएको उनको वान्ता गर्ने क्रममा स्वासनलीमा अवरोध पुगेको अनुमानसमेत गरिएको छ ।
आइतबार दिउँसो उनले बोर्डको वैठक राखेर शनिबार निधन भएका कलाकार दीपक क्षत्रीको अन्त्येष्टिका लागि रकम छुट्याएका थिए । 
तुलसी घिमिरेको चलचित्र ‘कोसेली’ बाट ०४५ सालमा अभिनय यात्रा सुरु गरेका भट्टराईले पाँच दर्जन जति चलचित्रमा अभिनय गरेका छन् । उनले थुप्रै चलचित्र निर्माण पनि गरेका छन् । उनी ८ महिना अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए । त्यसअघि उनी चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष थिए ।

भट्टराईको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्यष्टि गरिएको छ । त्यसअघि चलचित्र बिकास बोर्डमा श्रद्धाञ्जलीका लागि २ बजेसम्म राखिएको थियो ।