०७६ कात्तिक  २६ गते ब्लाष्ट खबर र २७ ब्लाष्ट टाइम्स दैनिक र अनलाईन संस्करणमा प्रकाशित सल्लेरी सहकारी पीडितहरू मीन विश्वकर्मा विरूद्ध नारावाजीमा उत्रिए शीर्षकमा लिम्बुवान नेता अमर इजम र मलाई दलित नेता खगेन्द्र नेपालीले समेत कृष्ण विकको सम्पत्ति हडपेर पीडितलाई झन् पीडित बनाएको भनी मेरो व्यक्तिगत चरित्र हत्या गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

सल्लेरी सहकारी काण्ड कानूनी प्रक्रियामा अघि बढिरहेको र म स्वयम् पीडित भएको कुरा सबैलाई अवगत नै छ । म मेरो डुबेको सम्पत्ति फिर्ता पाउनका लागि अदालती प्रक्रियामा छु तर, पीडित सङ्घर्ष समितिको नाम दिएर मसँग कुनै सम्पर्क नगरी व्यक्तिगत लाञ्छना लगाई चरित्र हत्या गर्ने आशय देखिएकोले सम्बन्धित सबैलाई उक्त भम्रमा नपर्न अनुरोध गर्दछु । मेरो कारण अन्य पीडितमाथि के कसरी पीडा भयो, त्यसको पुष्टि गर्न चुनौती दिन चाहन्छु ।

कि मैले मेरो डुबेको रकम जेसुकै होस् भन्नुपर्ने हो र ? मैले जोरजबर्जस्ती के गरेको वा कसरी हडपेको छु ? यसरी मनगढन्ते र निराधार आरोप लगाई बद्नाम गर्ने कोसिस कोही पक्षबाट नहोस् । हामीले कृष्ण विकलाई समूह भेला भएर पैसा दिएको होइन र उठाउनका लागि समूह नै भेला गरेर उठाउनु पर्छ भन्ने पनि छैन तर सबैले आफ्नो डुबेको रकम फिर्ता लिन कानूनी उपायभन्दा अन्य उपाय उपयुक्त हुँदैन । मेरो स्पष्ट अडान छ कि जे जतिको रकम डबेको छ त्यो सबैले फिर्ता पाउनुपर्छ र सबैले न्याय पाउनुपर्छ । त्यसका लागि म सँधै लागिरहनेछु ।
खगेन्द्रबहादुर नेपाली
धरान—१५, सुनसरी