वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ घर भएकी २१ वर्षीया जमुनी परियारको घरको कोठाभित्रै शव फेला परेको छ ।

प्रहरीले जमुनीले आत्महत्या गरेको बताएको छ । वडाको चतरास्थित गैरीगाउँमा घर भएकी परियारले शुक्रबार आफु सुत्ने कोठामा सलको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यलय चतराका प्रहरी नायब निरीक्षक घनश्याम रायले बताए ।

विहान करिब साढे नौ बजे सूचना पाएर गएको प्रहरीले लाशको मुचुल्का तयार पारेको थियो । मृतकले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन ।