विषय प्रवेश
वि.सं.२०७६ असोज ६–७ मा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूले ‘समाजवाद’ र सी विचाराधारा सम्बन्धी प्रशिक्षण दिए । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले कम्युनिष्ट पार्टी अरूभन्दा फरक र परिवर्तनकामी हुनुपर्ने भन्दै जबज र एशजलाई ‘जनताको जनवाद’ भनेका छन् । यो शान्तिप्रक्रियाको बाटो हो । सी विचाराधाराले पनी शान्तिवपूर्ण विकाश गर्दै जनतालाई अगाडी बढाउँछ । तर, आत्मक्रान्ति शुद्धीकरणमा नेकपाले जोड दिनुपर्ने सुझाव दिए (चबतयउबतष्।अयm ) । दुई पार्टीले एकअर्काको विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजनाका सम्बन्धमा छलफल गरेका थिए (क्भउद्दद्ध,द्दण्ज्ञढ अन्नपूर्ण पोष्ट ) । नेकपाका नेताहरूले चिनियाँ मोडलको सी विचारधारा विश्वकै लागि समाजवाद निर्माणको मोडेल बन्दै गएको बताएका थिए (क्भउद्दद्ध,द्दण्ज्ञढ नयाँपत्रिका ) । सी विचारधाराले विश्व व्यवस्थालाई बदल्न नेतृत्व गर्न सक्ने विश्लेषणसमेत हुँदै आएको छ । खासगरी अमेरिका र चीनबीचको प्रभुत्वको लडाईंमा अमेरिकाले चीनलाई रोक्ने र अमेरिकाको महानतामा जोड दिने प्रयास गरिरहेकाले विश्वले अमेरिकी राष्ट्रपति प्रशासनका काम कार्वाहीलाई यस्तै ठानेका छन् (२०७६ कोइची हामादा) । न्यून आय भएका गरिब राष्ट्रसँग विकाशित राष्ट्रको व्यापार वृद्धिले घरेलु ज्याला असमानतामा योगदान दिएको छ । हार्वड विश्वविद्यालयका अन्तर्राष्ट्रिय अर्थशास्त्रका प्राध्यापक दानी रोद्रिकका अनुसार पहिलो आफ्नो देशभित्रको असमानता नै विश्वव्यापी असमानताको कारण थियो, तर  अहिले राष्टङ–राष्ट्रबीचको आय असमानता नै धेरै हद सम्म जिम्मेवार बन्दै गएको बताउँछन् । यसअर्थमा पूर्वसोभियतसङ्घको विघटनपछि उदारवाद र नवउदारवादले विश्वलाई बदल्न सकेनन् । चीनको उदयलाई अहिले यसरी इतिहाससँग पनि जोडेर हेर्न सकिन्छ । तर, चिनियाँ कम्युनिष्ट पार्टीको रणनीति, कार्यदिशा झण्डा बाहेक नेकपासँग नमिल्ने बताउँछन् (जनक नेपाल इअतज्ञघ, द्दण्ज्ञढ नेपाल राष्ट्रिय साप्ताहिक ) । नेकपाले बहुदलीय प्रतिस्पर्धा र बहुलतायुक्त खुल्ला समाजलाई स्वीकार गर्छ भने चीनमा एकदलीय व्यवस्था छ । त्यसकारण चिनियाँ कम्युनिष्ट पार्टीको अनुभव सुन्दा केही फरक पर्दैन, तर जस्ताको तस्तै सिक्न खोज्नु चाहिँ नेपाली कम्युनिष्टहरूका लागि प्रत्युत्पादक मात्र होइन, अभिशाप नै सिद्ध हुनेछ ।

सी विचारधारा र जनताको जनवाद सन्दर्भमा
सी विचारधारा भौतिक पूर्वाधारको विकाश र आर्थिक समृद्धिको बाटोमात्र नभएर यो राजनीति पनि हो । जसको प्रभाव नेपालमा पनि पर्दछ । नेपाल र चीनका आआफ्नै विविधता र विशेषता छन् । यसकारण नेपालले चीनबाट आर्थिक समृद्धिको सूत्र सिक्न सक्दछ तर राजनीतिलाई आयात गर्न छुट भने छैन । दुवै कम्युनिष्ट पार्टी भए पनि चीन र हाम्रो देशको सत्ता सञ्चालनको प्रश्न धेरै फरक छ । जनक नेपाल भन्छन् “झण्डाबाहेक चिनियाँ कम्युनिष्ट पार्टीसँग सत्तारुढ दलको कुनै नीति विचार मिल्दैन’ (इअतज्ञघ, द्दण्ज्ञढ) । नेकपाले दुई तिहाई बहुमत प्राप्त गरे पनि यो संसदीय लोकतन्त्रमा आधारित छ । बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष, शक्तिपृथकीकरण र बहुलतायुक्त खुल्ला समाज लगायतका विशेषताको अभ्यासबाटै दुई तिहाई सरकार आएको हो । नेकपा बहुदलीय प्रतिस्पर्धा तथा बहुलतायुक्त खुल्ला समाजको अभ्यासबाट समाजवाद निर्माणको आधार तयार पार्ने र समाजवाद प्राप्तिपछि पनि यही अभ्यासबाट श्रेष्ठता हासिल गर्ने बताउँछ । चीनको संविधान अनुसार ‘राष्ट्रिय जनसभा र जसको स्थायी समितिलाई विभिन्न निर्णय गर्ने वैधानिक आधार हुन्छ ।’ चीनको सत्ता कम्युनिष्ट पार्टी अन्तर्गत हुन्छ । पार्टी नियन्त्रित सरकार र सरकारमा पार्टीको एकहोरो वर्चस्व रहन्छ । अन्य राजनीतिक पार्टी भए पनि चिनियाँ कम्युनिष्ट पार्टीको छातामुनि रहन्छन् । एउटा साझा फोरममा ती पार्टीका प्रतिनिधिहरूले आफ्नो सुझाव राख्दछन् भने सत्तापक्ष र प्रतिपक्ष हुँदैन । यसकारण नेपाल र चीनको पार्टी तथा सरकार सञ्चालनमा धेरै फरक रहेकाले नेपालले चीनको आर्थिक समृद्धिको सूत्र साट्न सक्छ तर हुबहु नक्कल गरेर राजनीतिक आयात गर्ने छुट छैन भनिएको हो ।

नेपालप्रति चिनिया“ नीति
चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त वैचारिक अन्तरक्रिया कार्यक्रममा सी विचारधारा र जनताको जनवादमाथि छलफल भयो । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले चीनले आफ्नो मौलिक विशेषता र पसिनाको जगमा उपलब्धि हासिल गरेको र सी विचारधाराले विश्व व्यवस्थालाई नेतृत्व गर्ने गरी आकार ग्रहण गर्दै गएको बताएका थिए । नेकपाका नेता घनश्याम भूसालले ‘सन् द्दण्ज्ञघ मा राष्ट्रपति सीले एउटा पाटो, एउटा बाटो नामको विशाल पहलकदामीको घोषणा गरेको बताउँछन् (ल्बथब एबनभ।अयm क्भउद्दज्ञ, द्दण्ज्ञढ ) चीनको उपस्थितिले पश्चिमाको अगुवाइमा बनेको पुरानो विश्वव्यवस्थाको ठाउँमा नयाँ विश्वव्यवस्था बन्दै छ भन्ने समेत विश्लेषण हुँदै आएको छ । नेपालले चीनको वेल्ट एण्ड रोड इनिशियटिभ रणनीतिमा हस्तक्षर गरिसकेको छ । सत्तारुढ दल नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचमा भाइचारा सम्बन्धसमेत स्थापित भएको छ 
पछिलो समयमा चीनले नेपाल मामिलामा निकै चासो बढाएको छ । पहिलो चीनको स्वशासित क्षेत्रको सुरक्षा मामिलामा नेपाली भूमिबाट चीन विरोधी पश्चिमा शक्तिलगायत कुनै पनि मुलुकको गतिविधि नहोस् भन्ने पक्षमा छ । प्राध्यापक वाङ होङवो भन्छन् “अमेरिकालगायत पश्चिमा शक्तिहरूले तिब्बत मामिला उछाल्ने र हस्तक्षेप गर्ने प्रयत्न गर्छन् । नेपालको सिमाना जोडिएकाले हाम्रो सुरक्षा चासो हो, क्भउ,द्दद्ध, द्दण्ज्ञढ । यसकारण चीन नेपालले एक नीति लियोस् भन्ने पक्षमा रहेको छ । दोस्रो, अन्तर्राष्ट्रिय फोरममा चीन नेपालको सहयोग चाहन्छ । तेस्रो नेपालमा स्थिर सत्ता भएको चाहन्छ । यसकारण व्यापार लगायत सुरक्षा चासो सम्बन्धित हुने भएकोले सरकारी कम्युनिष्टसँग निकट हुन खोजेको छ । चौथो विश्व बजारमा आफ्नो उपस्थिति देखाउन चीनले नेपाल हुँदै दक्षिण एशियाली मुलुकमा व्यापार राजनीतिक र सुरक्षा मामिलामा चासो राख्दै आफूलाई विस्तार गर्न चाहन्छ । चीनको महŒवाकाङ्क्षा भनेको विश्व महाशक्तिशाली बन्ने हो । पाँचौ नेपाल–चीनबीचमा भएको बिआरआई सम्झौताको कार्यान्वयन भएको हेर्न चाहन्छ । सो सम्झौता भए पनि नेपाल पक्षले कार्यान्वयनमा चासो नदेखाएको भन्ने विश्लेषण हुँदै आएको छ । विश्वमा म भन्नेहरूको सत्यानाश भएको र हामी भन्नेहरूको विजयको इतिहास छ । उदारवाद र नवउदारवादले ‘म’ को राजनीति ग¥यो । ‘हामी’ को राजनिति गरेन । त्यसकारण सङ्कटमा पर्दै गएको छ र यस्तो अवस्थामा चीनको उदयलाई स्वाभाविक ठान्दै आएको बताउँछन् घनश्याम भूसाल ।

चीनतिर नेकपा ढल्कियो भन्ने सन्दर्भमा
नेपालको असंलग्न परराष्ट्रनीति भए पनि बेलाबेलामा कच्चा कुटनीतिक, रणनीतिका कारण विवादमा तानिँदै आएको छ । भेनुजुएला प्रकरणमा नेकपाका अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई पनि यसरी नै हेरिएको थियो । यस्तै गरेर भारतीय राजदूतले प्रचण्डसँग भेट गर्ने भनी राखेको प्रस्तावलाई अस्विकार गर्दै प्रोटोकल नमिल्ने बताएको केही समयमा नै चिनियाँ राजदूतको भेट गर्ने प्रस्तावलाई स्विकार गरेको थियो । उसो त प्रधानमन्त्री ओलीको पहिलो चीन भ्रमण र राष्ट्रपतिको चीन भ्रमणपछि बेल्ट एण्ड रोड इनिशिएटिभमा नेपालले हस्ताक्षर गरिसकेको छ । नेपालको प्रत्येक राजनीतिक परिवर्तनमा भारतीय चासो र रणनीतिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा  प्रभाव पार्दै आएको छ । पटक पटकको नाकाबन्दीले नेपाली जनजीवनलाई प्रभाव पारेको थियो । पछिल्लो चोटिको नाकाबन्दीमा चीनले सहयोग गर्दै अप्ठ्यारो फुकाएको थियो । यसले भारतमाथिको पूर्ण निर्भरतामा कमी त अवश्य ल्याउँछ तर हिजोसम्म भारतीय चासो रहेको नेपालको राजनीतिक आर्थिक सम्बन्धमा चीनको उपस्थितिलाई महŒवपूर्ण रूपमा लिएको हुन सक्छ  । तर पनि यसले पनि चिनियाँ निर्भरतालाई बढाउँछ । “सत्तारुढ नेकपा चीनतिर ढल्कियो (क्भउ द्दद्ध, द्दण्ज्ञढ अन्नपूर्ण पोष्ट) ।  चिनियाँ  कम्युनिष्ट पार्टी र नेकपा बीचमा भाइचारा सम्बन्ध स्थापित हुनु नयाँ र आपत्तिको विषयजस्तो लाग्दैन । किनकी सैद्धान्तिक आधारमा दुवै कम्युनिष्ट पार्टी हुन् । दुई पार्टीले एकअर्कामा विचार, सिद्धान्त, प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीति योजनाका बारेमा बहस भएको थियो । सो प्रशिक्षणमा नेकपाका करिब ३०० र चिनियाँ कम्युनिष्ट पार्टीका ४० जना नेता प्रशिक्षणमा सहभागी थिए । कार्यक्रममा ओलीले शान्ति, अमनचयन, आर्थिक विकाश र समृद्धिबारे मात्र चीनले सोचेको बताएका थिए । यसै विषयलाई आधार बनाएर प्रमुख प्रतिपक्षी दलले नेकपाको सरकार चिनतिर ढल्किएको बताउँदै अधिनायकवादी सत्ता निर्माण गर्ने खोजेको आरोप लगाउँदै आएको छ । तर, नेकपाका स्कुल विभाग प्रमुख ईश्वर पोखरेल भन्छन्, “चिनियाँ प्रशिक्षण नेपालको समृद्धिको यात्रामा सहयोगी हुन्छ । राजाराम गौतमका अनुसार नेकपाले चीनसँग विकास र समृद्धिको सूत्र साट्न सक्छ, तर उसलाई राजनीतिक सूत्र साट्ने छुट छैन’ (२०७६असोज ०७, नयाँपत्रिका) खासमा चिनियाँ कम्युनिष्ट पार्टी सञ्चालनका अनुभव सुन्दा केही फरक पर्दैन तर त्यसवाट जस्ताको तस्तै लागु गर्न खोज्नु चहिँ नेपाली कम्युनिष्टका लागि उपयुक्त हुँदैन । विश्लेषक अजयभद्र खनालका अनुसार राष्ट्रपति सीको प्रभाव चीनभन्दा बाहिर नेपालसम्मै विस्तारहोस् भन्ने उसको चाहना छ । पहिलो प्रशिक्षण त्यही चाहनामा अडिएको छ । (ज्ञघ इअत  द्दण्ज्ञढ, नेपाल राष्ट्रिय साप्ताहिक )

अमेरिका–चीन प्रभुत्वको लडाईं र नेपाल
जापानी प्रधानमन्त्रीका सल्लाहाकार कोइची हामादाका अनुसार चिनियाँ राष्ट्रपति सी चीनकेन्द्रित विश्वदृष्टिकोण अनुसार परिचालित रहेको बताउँछन् (२०७६ असोज ६) हानवंशीय अहङ्कारपूर्ण भावनाले गहिरो जरा गाडेको चीनमा सी चीनका लागि विशेषधिकार माग गर्दै छ । विश्वमा अमेरिकी इण्डोप्यासिफिक र चिनियाँ बेल्ट एण्ड रोड इनिएशिटिभ रणनीति व्यापार युद्ध गरिरहेका छन् । सो व्यापारयुद्ध अहिले आएर शीतयुद्धमा परिणत भएको छ । अमेरिका चीनलाई रोक्ने प्रयत्नमा छ भने चीन अमेरिकालाई रोक्ने पक्षमा रहेको छ । विश्लेषकहरूका अनुसार उदारवादी अर्थतन्त्रको आधारमा अमेरिकी सरकार अगाडि बढ्ने बताएको भए पनि अमेरिका–चीन युद्ध भइहालेमा अमेरिकाले धेरै नराम्रो हार सहित दुःख पाउने बताएका छन्  । यी दुवै मूलुकले समस्या एकअर्कामा सुल्झाउँछन् भनेर चुपचाप बस्न थालियो भने खतरनाक स्थिति निम्तिने सम्भावना छ । किनकी, उनीहरूको महŒवकाङ्क्षा र मनासय धेरै अविवेकी छ । अमेरिकी इण्डोप्यासिफिमा नेपालले हस्ताक्षर गरेको छैन भने चिनियाँ बेल्ट एण्ड रोड इनिशिएटिभ रणनीतिमा हस्तक्षर गरिसकेको छ । नेकपा र सीपीसीको प्रशिक्षण यस्तो बेला भयो जबकी इन्डोप्यासिफिक र बिआरआई रणनीतिका बीचमा घम्साघम्सी भइरहेको छ ।  नेकपा र सीपीसीको समझदारी तथा प्रशिक्षणको राजनीतिक अर्थ चीन नेपालप्रति राजनीतिक स्थायित्व चाहन्छ । एमाले र माओवादी एकीकरणपछि बनेको नेकपा त्यस्तो शक्ति हुने चीनको बुझाइ छ । (इअत ज्ञघ, द्दण्ज्ञढ, नेपाल राष्ट्रिय साप्ताहिक) नेपालले असंलग्न पराराष्ट्र नीति अपनाएको भए पनि आफ्नो अस्तित्व रक्षाको लागि उत्तरी कुटनीतिक तरिका अपनाएको बताउँछन् विश्लेषक अजयभद्र । नेपाल भ्रमणको पूर्व सन्ध्यामा सन् ज्ञढछछ बाट नेपाल–चीन सम्बन्ध रहेको र अहिले आएर दाजुभाइ भएको भनी चिनियाँ राष्ट्रपति सीले बताएका छन् । यस्तो बेला सीपीसीसँग सम्बन्ध गहिरिँदा नेपालको नीति उत्तरतर्फ मोडिएको अड्काल बाजी चल्नु स्वाभाविक छ । भारतीय राजदूतले नेपालमा त्यही चिन्ता प्रकट गरेका छन् । भारत र चीनको डोक्लाम विवाद हुँदै लद्धाख क्षेत्रको विवादमा भारतले अजनाक अमेरिकी हतियार किनेर चिनतिर सोझ्याएर राख्ने भनी दिएको अभिव्यक्तिमा चीनले आपत्ति जनाइसकेको छ । खासगरी नेपाली नेताहरूको कच्चा कुटनीतिका कारण आफ्नो अनुकुलतामा दक्षिण–उत्तर ढल्कने गरेको बताउँछन् जर्नादन आचार्य । (इअतज्ञघ, द्दण्ज्ञढ) यसकारण नेपालले सन्तुलन कसरी कायम गर्छ त्यो हेर्न बाँकी छ । यही कारण नेकपाको विचार शुन्यता रहेको बेला सी विचारधारा भित्रिने आशङ्का बलियो रहेको तर्कसमेत हुँदै आएको छ ।

निष्कर्षमा
नेपाल–चीनसम्वन्ध सन् ज्ञढछछ देखि स्थापना भएको हो । यति बेला नेपालको राजनीति चिनतिर ढल्केको अड्कालबाजीसमेत हुँदै आएको छ । चीनले एमाले(माओवादी एकीकरणपछि स्थायी सत्ताको लागि नेकपालाई विश्वास गरेकोले त्यो अपेक्षा पूरा हुने विश्वास लिएको छ । यी दुई पार्टी एकीकरणमा चीनको सहयोग रहेको चर्चा समेत छ । चीनसँग छुट्टाछुट्टै सम्बन्ध राख्ने यी दुई पार्टीको सम्बन्ध एकद्वार बनाइदियो यसले । नेपाली काङ्ग्रेस र चीनको सम्बन्ध पनी अत्मीयतापूर्ण रहेको छ । तर, उदारवादले विश्वलाई बदल्न सकेन । अमेरिकालगायत पुँजीवादी राष्ट्रहरूले साना गरिब राष्ट्रहरूको सार्वभौम अस्तित्व नै सङ्कटमा पारिदिएका छन् । यो समृद्धिको बाटो होइन । यसकारण चीनको विश्वमा उपस्थिति हुँदाहुँदै गर्दै सी को नेपाल भ्रमण भएकाले बढी चासोको विषय भएको हो । पछिल्लो समयमा नेकपाको सम्बन्ध चीनसँग झाँगिएको जस्तो देखिएको छ । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाल भन्छन् ‘नेकपा, सीपीसी र मजदुर पार्टी अन्तराष्ट्रिय बैठकका सदस्य पार्टी हुन् ।
७४ देशका ९३ कम्युनिष्ट पार्टी सदस्य रहेको आईएमसीडब्लुको १९ सदस्यीय स्थायी समितिमा नेकपा र सीपीसी दुवै छन् ।’ (इअत(ज्ञघ, द्दण्ज्ञढ नेपाल राष्ट्रिय साप्ताहिक) यसअर्थमा कम्युनिष्ट पार्टी विचमा विश्वभर भाइचारा सम्बन्ध रहे पनि अहिलेको कार्यक्रम उच्चस्तरीय भएकाले धेरै चर्चामा आएको मात्र हो । कम्युनिष्ट पार्टीका बिचमा अन्तराष्ट्रिय सम्बन्ध, द्विपक्षीय बैठक, सभा, सम्मेलन, अन्तरक्रिया हुनु नौलो विषय भने होइन । चीनका लागि पूर्व राजदूत महेश मास्केका अनुसार ‘यो सरकारको कार्यक्रम होइन, पार्टीको कार्यक्रम हो । यस्तो कार्यक्रमबाट चिनियाँ विचारधारा स्थापित हुने पनि होइन’ । नेकपाका प्रशिक्षण विभाग प्रमुख ईश्वर पोखरेल चिनियाँ प्रशिक्षण नेपालको समृद्धिको यात्रामा सहयोगी हुने बताउँछन् । यसअर्थमा नेपाल सरकार र नेकपाको नीति भनेकै असंलग्न परराष्ट्रनीति हो । तथापि नेताहरूको कच्चा रणनीति र कुटनीतिको कारण कहिले दक्षिण, कहिले उत्तर, कहिले इन्डोप्यासिफिक त कहिले बिआरआई तिर ढल्किएको जस्तो हुने गरेको छ । यसमा सचेत हुनैपर्दछ ।