धरान । प्रदेश सरकारले धरानमा चार दिवसीय प्रादेशिक चलचित्र महोत्सव लगाउने भएको छ ।

कात्तिक २१ गतेदेखि धरान–८ स्थित सभागृहमा लगाउने महोत्सवमा ३ स्वीस फिल्मसहित २१ फिल्म प्रदर्शनी गरिने भएको छ । महोत्सवमा वृत्तचित्र र आर्ट मूभी प्रदर्शनी गरिने भएको मुख्यमन्त्री कार्यालयका मुख्य सचिव सुरेश अधिकारीले आइतबारको पत्रकार सम्मेलनमा बताए ।

महोत्सव व्यवस्थापनको लागि सुनसरी उद्योग वाणिज्य सङ्घ धरानमा सचिवालयसमेत सञ्चालनमा ल्याइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सचिवालयको आइतबार नै उद्घाटन गरे । महोत्सवलाई भब्य बनाउनका लागि जातीय, धार्मिक, सांस्कृतिक पहिचान झल्कने झाँकी प्रदर्शन गरिने बताइएको छ । त्यसक्रममा चलचित्र एवम् सांस्कृतिक विविधकताका विषयमा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।

कात्तिक २४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीलाई स्थानीय रुपमा धरान उपमहानगरपालिका, स्वीस विकास नियोगको पनि सहआयोजन रहेन जनाइएको छ । प्रदेश सरकारले भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि प्रदर्शनीलाई माध्यम बनाउने भएको छ । प्रदेश सरकारले भ्रमण वर्ष २०२० मा ५ लाख पर्यटक भिœयाउने तयारी गरेको छ । महोत्सवमा विभिन्न जातजाति, तथा संस्कार संस्कृतिसँग जोडिएका फिल्महरु पनि प्रदर्शनीमा रहने छन् ।