सिरहा। जनकपुरधामस्थित विमानस्थलमा तोडफोड आरोपमा पक्राउ परेका राष्ट्रिय जनता नेपाल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वा्िचत प्रमोद कुमार साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाको न्यायधिस तेजनारायण पौडेलको ३ नम्बर एकल इजलाशले सांसद साहलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएपछि उनी रिहा भएका हुन् ।
शुक्रबार जिल्ला अदालतमा थुनछेक बहस भए लगतै साधारण तारेखमा छोड्ने आदेश दिइएको हो । गत सोमबार जनकपुर विमान स्थलमा वुद्ध एयरको विमान डिले गरेको भन्दै बुद्ध एयरको काउण्टरमा तोडफोड गरेपछि सांसद साहलाई मंगलबार काठमाडौं स्थित त्रिभुवन विमान स्थलबाट प्रहरीले पक्राउ गरी जनकपुर ल्याएको थियो ।
बुधबार जिल्ला अदालत धनुषाले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो । नागरिक उड्यन प्राधिकरणले सांसद साहमाथि गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
जनकपुर विमानस्थलमा तोडफोड गरेको भन्दै प्रहरी पक्राउमा परेका सांसद प्रमोदकुमार साहलाई साधारण तारेखमा रिहा गरिएको छ । न्यायाधीस तेज नारायण पौडेलको इजलासले उनलाई तारेखमा रिहा गराएको हो । जिल्ला अदालत धनुषामा आज भएको थुनछेक बहसपछि उनलाई रिहा गरिएको हो । राष्ट्रिय जनता पार्टीबाट निर्वा्चित प्रतिनिधिसभा सांसद राहलाई प्रहरीले पक्राउ गरेलगत्तै उनको विरोधमा प्रदर्शन समेत भएको थियो ।