उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न नेकपाका माताहत कमिटीलाई निर्देशन

alt
  • आश्विन २९, २०७६
  • ब्लाष्ट खबर

धरान  / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन जारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले आउँदो कात्तिक १० गतेभित्र जिल्ला र प्रदेश कमिटी हुँदै तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको हकमा केन्द्रले र स्थानीय तहको हकमा मातहतको कमिटीले निर्णय गर्नेछ । देश भर ४७ पदका लागि उपनिर्वाचन हुदैंछ ।

बैठकले केन्द्रीय सङ्गठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई सदस्यमा चयन गरेको छ । सो विभागमा यसअघि नेता वामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुखमा चयन भएका छन् ।

शिव लामिछानेको भिडिय ...

धरान / पछिल्लो पुस्ताका लोकप्रिय धराने गायक शिव लामिछान ...

भारतीय रुपैयाँसहित द ...

  भण्टाबारी । श्रोत नखुलेको करिब तीनलाख भारतीय रु ...

ब्लाष्टकर्मी सुब्बा ...

पथरीशनिश्चरे /मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले ...

मास्क प्रयोग नगर्नेल ...

ब्लाष्टखबर । धनुषा प्रहरीले कोरोना महामारी फैलिरहे ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved