Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • गैरआवासीय नेपालीलाई राष्ट्रपति भण्डारीले भनिन- नेपाल निर्माणको महाअभियानमा योगदान गर्नुहाेस्

गैरआवासीय नेपालीलाई राष्ट्रपति भण्डारीले भनिन- नेपाल निर्माणको महाअभियानमा योगदान गर्नुहाेस्

alt
  • असोज २८, २०७६
  • रासस
 
काठमाडाै / राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गरेकीछन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनको आज काठमाडाैमा उद्घाटन गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा उपयुक्त वातावरण बनेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गिरन ।  राष्ट्रपति भण्डारीले नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल वातावरणमा संसारभरि आर्जेका ज्ञान, सीप अनुभव र उद्यमशीलतालाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन । उनले व्यक्तिगत तथा सामूहिक लगानीमार्फत समुन्नत नेपाल निर्माणको महाअभियानमा सहभागी हुन गैरआवासीय नैपालीलाई आग्रह गरिन । 
 “पूर्वाधार विकास, कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण, औद्योगिकीकरण र आर्थिक समृद्धि अहिलेको हाम्रो साझा प्राथमिकता हो । सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय साझा आकाङ्क्षा पूरा गर्ने दिशातर्फ केन्द्रित छन्, विकास र समृद्धिको यो यात्रा एउटा अभियानका रुपमा अघि बढिरहेको छ”, उनले भनिन, “गैरआवासीय नेपालीले नेपालमा गर्ने लगानीलाई थप प्रोत्साहन र सहजीकरण गर्न सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको छ ।”
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित नेपाल अहिले आर्थिक सामाजिक विकासको युगान्तकारी चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्व, दिगो शान्ति र स्थिरता कायम भएको बताइन ।
पूर्वाधार निर्माण, शैक्षिक उन्नयन, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्न पनि उनले जोड दिइन । देशभित्र र देश बाहिर रहेका हामी नेपाली एउटै परिवारका पारिवारिक सदस्य रहेको भन्दै उनले हरेक दुई वर्षमा हुने सम्मेलन पारिवारिक मिलनको समेत रहेको बताइन ।
 
राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन बनाउन सङ्घले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन ।  कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका निम्ति सरकारले आयोजना गरेको लगानी सम्मेलन, नेपाल भ्रमण वर्ष अभियानलगायतलाई सफल बनाउन गैरआवासीय नैपालीमो भूमिका महत्वपूर्ण हुने भन्दै यसलाई अगामी दिन थप प्रभावकारी बनाउन आग्रह गरिन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले आफू एनआरएनसँग सहकार्य गरेर मुलुकको आर्थिक विकासमा सरकारलाई सहयोग गर्ने बताइन । सङ्घका पूर्वअध्यक्ष शेष घलेले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई सार्थक बनाउन सङ्घले सक्रिय भूमिका निभाउने बताइन ।
कार्यक्रममा सङ्घका अध्यक्ष भवन भट्टले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आफूले लाग्ने बताइन । उनले पूर्वाधार, ऊर्जा, पर्यटनमा लगानी गर्ने बताइन । सम्मेलनमा ८१ मुलुकका दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । ‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ तीन दिनसम्म सम्मेलन सञ्चालन हुनेछ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यले उम्मेदवार घोषणा गरेका छन् । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुनेछ ।
सम्बन्धित समाचार
अरमान अली सम्मानित

विजयपुर । धरानका युवा अरमान अली सम्मानित भएका छन् । उनलाई लायन्स इन्टरनेसनल ...

पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणः प्रेस स्वतन्त्रता र राज्यको नियत

पत्रकारितामा संकटको नयाँ मोडनेपाली पत्रकारिताको आधुनिक इतिहास राज्य सत्ता र ...

भद्रपुरमा मारवाडी महिलाको तीज

भद्रपुर । हिन्दु महिलाहरूको मुख्य चाड तीजको आगमनसँगै भद्रपुरमा बृहत् सिन्धा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
अरमान अली सम्मानित
साउन ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणः प्रेस स्वतन्त्रता र राज्यको नियत
साउन ३१, २०८३
भद्रपुरमा मारवाडी महिलाको तीज
साउन ३१, २०८३
विजयपुर क्षेत्रबाट हटाइएको चिण्डो पुनस्र्थापित गर्न दबाव
साउन ३१, २०८३
कोलम्बियामा शक्तिशाली भूकम्प, मृतकको संख्या २९४ पुग्यो
साउन ३१, २०८३
धरानदेखि तमोर करिडोर हुँदै पाँचथर जाने यात्रुवाहक बस दुर्घटना
साउन ३१, २०८३
इन्डोनेसियाको फ्लोरेसमा शक्तिशाली भूकम्प, ५१ जनाको मृत्यु
साउन ३१, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई
साउन ३१, २०८३
दक्षिणी लेबनानमा इजरायली आक्रमण, ११ जनाको मृत्यु
साउन ३१, २०८३
पत्रकारको विरोधः व्यक्ति कि कानून लक्षित ?
साउन २९, २०८३
कोशी सरकारमा सहभागी हुँदै नेकपा : ४ मन्त्रालयका लागि ‘नयाँ र पुराना’ बीच रस्साकस्सी
साउन २८, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा शिलबन्दी
साउन २८, २०८३
धरान उपमहानगरको बजेट २ अर्ब ७६ करोड
साउन २८, २०८३
पहाडी र हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना
साउन २८, २०८३
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, २६५ जनाको मृत्यु
साउन २८, २०८३
अरमान अली सम्मानित
साउन ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणः प्रेस स्वतन्त्रता र राज्यको नियत
साउन ३१, २०८३
भद्रपुरमा मारवाडी महिलाको तीज
साउन ३१, २०८३
विजयपुर क्षेत्रबाट हटाइएको चिण्डो पुनस्र्थापित गर्न दबाव
साउन ३१, २०८३
कोलम्बियामा शक्तिशाली भूकम्प, मृतकको संख्या २९४ पुग्यो
साउन ३१, २०८३
धरानदेखि तमोर करिडोर हुँदै पाँचथर जाने यात्रुवाहक बस दुर्घटना
साउन ३१, २०८३
इन्डोनेसियाको फ्लोरेसमा शक्तिशाली भूकम्प, ५१ जनाको मृत्यु
साउन ३१, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई
साउन ३१, २०८३
दक्षिणी लेबनानमा इजरायली आक्रमण, ११ जनाको मृत्यु
साउन ३१, २०८३
पत्रकारको विरोधः व्यक्ति कि कानून लक्षित ?
साउन २९, २०८३
कोशी सरकारमा सहभागी हुँदै नेकपा : ४ मन्त्रालयका लागि ‘नयाँ र पुराना’ बीच रस्साकस्सी
साउन २८, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा शिलबन्दी
साउन २८, २०८३
धरान उपमहानगरको बजेट २ अर्ब ७६ करोड
साउन २८, २०८३
पहाडी र हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना
साउन २८, २०८३
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, २६५ जनाको मृत्यु
साउन २८, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क