Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • गैरआवासीय नेपालीलाई राष्ट्रपति भण्डारीले भनिन- नेपाल निर्माणको महाअभियानमा योगदान गर्नुहाेस्

गैरआवासीय नेपालीलाई राष्ट्रपति भण्डारीले भनिन- नेपाल निर्माणको महाअभियानमा योगदान गर्नुहाेस्

alt
  • असोज २८, २०७६
  • रासस
 
काठमाडाै / राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गरेकीछन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनको आज काठमाडाैमा उद्घाटन गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा उपयुक्त वातावरण बनेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गिरन ।  राष्ट्रपति भण्डारीले नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल वातावरणमा संसारभरि आर्जेका ज्ञान, सीप अनुभव र उद्यमशीलतालाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन । उनले व्यक्तिगत तथा सामूहिक लगानीमार्फत समुन्नत नेपाल निर्माणको महाअभियानमा सहभागी हुन गैरआवासीय नैपालीलाई आग्रह गरिन । 
 “पूर्वाधार विकास, कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण, औद्योगिकीकरण र आर्थिक समृद्धि अहिलेको हाम्रो साझा प्राथमिकता हो । सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय साझा आकाङ्क्षा पूरा गर्ने दिशातर्फ केन्द्रित छन्, विकास र समृद्धिको यो यात्रा एउटा अभियानका रुपमा अघि बढिरहेको छ”, उनले भनिन, “गैरआवासीय नेपालीले नेपालमा गर्ने लगानीलाई थप प्रोत्साहन र सहजीकरण गर्न सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको छ ।”
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित नेपाल अहिले आर्थिक सामाजिक विकासको युगान्तकारी चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्व, दिगो शान्ति र स्थिरता कायम भएको बताइन ।
पूर्वाधार निर्माण, शैक्षिक उन्नयन, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्न पनि उनले जोड दिइन । देशभित्र र देश बाहिर रहेका हामी नेपाली एउटै परिवारका पारिवारिक सदस्य रहेको भन्दै उनले हरेक दुई वर्षमा हुने सम्मेलन पारिवारिक मिलनको समेत रहेको बताइन ।
 
राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन बनाउन सङ्घले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन ।  कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका निम्ति सरकारले आयोजना गरेको लगानी सम्मेलन, नेपाल भ्रमण वर्ष अभियानलगायतलाई सफल बनाउन गैरआवासीय नैपालीमो भूमिका महत्वपूर्ण हुने भन्दै यसलाई अगामी दिन थप प्रभावकारी बनाउन आग्रह गरिन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले आफू एनआरएनसँग सहकार्य गरेर मुलुकको आर्थिक विकासमा सरकारलाई सहयोग गर्ने बताइन । सङ्घका पूर्वअध्यक्ष शेष घलेले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई सार्थक बनाउन सङ्घले सक्रिय भूमिका निभाउने बताइन ।
कार्यक्रममा सङ्घका अध्यक्ष भवन भट्टले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आफूले लाग्ने बताइन । उनले पूर्वाधार, ऊर्जा, पर्यटनमा लगानी गर्ने बताइन । सम्मेलनमा ८१ मुलुकका दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । ‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ तीन दिनसम्म सम्मेलन सञ्चालन हुनेछ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यले उम्मेदवार घोषणा गरेका छन् । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुनेछ ।
सम्बन्धित समाचार
काव्यदोष के हो ?

काव्यदोषको चर्चा गर्नुअघि एउटा अति नै चर्चित गीतबाट सुरूवात गर्ने अनुमति चा ...

लिम्बू चलचित्र ‘सेमिफूङ’ हङकङमा प्रदर्शन हुने

धरान । याक्थुङ फिल्म्सको ब्यानरमा निर्मित लिम्बू चलचित्र ‘सेमिफुङ’ हङकङमा प ...

नोबेलअगाडि अवैध फार्मेसीको विगविगी

विराटनगर । विराटनगर–४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजको मुख्य प्रवेशद्वार ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
काव्यदोष के हो ?
लिम्बू चलचित्र ‘सेमिफूङ’ हङकङमा प्रदर्शन हुने
नोबेलअगाडि अवैध फार्मेसीको विगविगी
दुबई उडेका युवक दिल्लीमा फेला
आजको राशिफलः २०८२ साल पुस २६ गते शनिबार
दर्ता खारेजी गरेर फार्मेसीको ठगीधन्दा
सुनसरी आइपुग्यो सशस्त्र प्रहरीको झण्डा मार्चपास
एलजी इम्पेक्सको वार्षिक उत्सव सम्पन्न
ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
नियमभन्दा माथि इँटा उद्योग ?
आजको राशिफलः २०८२ साल पुस २५ गते शुक्रबार
कोशीको राष्ट्रिय सभा अङ्कगणितः काङ्ग्रेस–एमाले मिल्दा नेकपा ‘असुरक्षित’
कानूनको अवज्ञा गर्दै झापाका इँटा उद्योगहरू
गीत गजलको आवरणमा बन्धक बनाएर यौनधन्दा
प्रहरीमा सामाजिक सञ्जाल दुरुपयोगः डिआइजीसहित ५ सय ९९ प्रहरी कारबाहीमा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved