Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अपराध
  • मूढा बुनेर घरमा पैसा पठाउँदै कैदीबन्दी

मूढा बुनेर घरमा पैसा पठाउँदै कैदीबन्दी

alt तस्बिर: गुगल
  • असोज २६, २०७६
  • रासस

जिल्ला कारागार तनहुँका कैदीबन्दीले मूढा बुनेर परिवारलाई पैसा पठाएका छन् । विभिन्न अपराधमा कारागारमा सजाय काटिरहेका कैदीबन्दीले फुर्सदको समयको सदुपयोग गर्दै बनाएको मूढा बिक्रीबाट घरमा खर्च पठाएका हुन् । कारागारमा रहेका १४४ कैदीबन्दीमध्ये १०० कैदीबन्दीले मूढा बुनेको रकम घरमा पठाएको कारागारले जनाएको छ ।

चाडपर्वमा मूढाको माग बढी हुने भएकाले दशैँ शुरु भएदेखि नै कैदीबन्दी मूढा बनाउन व्यस्त रहेको कारागारका कैदी नरबहादुर चन्दले जानकारी दिए । उनले विगत तीन वर्षदेखि कारागारमा मूढा बुन्दै आएका छन्। “कारागारमा यतिकै बसेर दिन कटाउनुभन्दा केही आयआर्जनको काम गरौँ भन्ने लागेर मूढा बुन्ने गरेको छु”, उनले भने, “समय कटाउने बाटोका अलवा आम्दानीको स्रोत पनि भएको छ ।” मूढा बनाएर बिक्री भएको आम्दानी घरमा पठाउने गरेको अर्का कैदी पूर्णबहादुर गुरुङले बताए ।

चाडपर्व लागेपछि कैदीबन्दी मूढा बनाउने काममा व्यस्त रहने गरेको कारागारका चौकीदार विष्णुहरि घिमिरेले जानकारी दिए । उनका अनुसार यस वर्षको चाडपर्वमा एक हजार मूढा उत्पादन गर्ने लक्ष्य छ । गत वर्ष एक हजार ५०० मूढा बिक्री भएको थियो । कारागारका कैदीबन्दीले चाडपर्वमा मूढा बिक्री गरेर रु तीन हजारदेखि रु छ हजारसम्म घरमा पठाउने गरेका छन् ।

कैदीबन्दीका अनुसार एउटा मूढा तयार गर्नका लागि दुई÷तीन दिन लाग्छ । एउटा मूढा तयार भएपछि ठिक्क खालको मूढा रु ४०० मा बिक्री हुन्छ । कारागारमा मूढा बुनेर मासिक रु पाँचदेखि छ हजारसम्म आम्दानी हुने गरेको कैदी महेन्द्र गुरुङको भनाइ छ । “मन बहलाउनुका साथै आम्दानीको स्रोत पनि भएको छ”, उनले भने । मूढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् ।

टायर राखेको रु दश, मूढा उठाएको रु पन्ध्र, बिट मारेको र बुट्टा भरेको रु तीस/तीसका दरले कैदीबन्दीले पाउने गर्दछन् । कारागारका सहायक जेलर नारायण अधिकारीले पछिल्लो समय कारागारमा उत्पादन भएका मूढा बिक्रीमा भने कमी आएको बताए । बजारमा आएका सस्तो मूढाले गर्दा कारागारमा उत्पादन भएको गुणस्तरीय मूढा बिक्रीमा गिरावट आएको उनको भनाइ छ । कारागारका कैदीबन्दीले उत्पादन गरेका मूढा दमौली, खैरेनी, आँबुखैरेनीलगायतका ठाउँमा बिक्री हुने गरेको छ ।

सम्बन्धित समाचार
स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

विजयपुर । नेपाल सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेप ...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

विजयपुर । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक् ...

लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्नुः गृहमन्त्री गुरुङ

विजयपुर । गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रण ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्नुः गृहमन्त्री गुरुङ
आर्थिक समृद्धिको आधार जडीबुटी: प्रशोधन र 'ब्रान्डिङ'मा जोड
९० प्रतिशत जडिबुटी कच्चा रूपमै निर्यात
बूढीगङ्गामै अन्तर्राष्ट्रिय मापदण्डको स्लाइन उद्योग
नक्कली नम्बर प्लेटका गाडी नियन्त्रणमा
खाडी राष्ट्रमा बस्ने नेपाली महँगीको मारमा
यातायात कार्यालयका प्रमुखले पाए सफाइ
आजको राशिफलः २०८२ साल चैत २९ गते आइतबार
‘शून्य बाँकी फाइल अभियान’: चैत ३० देखि वैशाख ७ गतेसम्म मनाइँदै
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
अस्पताल सेवा सुधार कार्यविधि जारी
वैदेशिक रोजगारीको प्रलोभनमा एकानब्बे लाख नब्बे हजार ठगी
चौबिस घण्टाभित्र विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved