धरान । चीनका राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणलाई मध्यनजर गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
राष्ट्रपति सी शनिबार अपरान्ह ४ बजे जेट बिमानमार्फत् नेपाल आइपुग्ने कार्यक्रम छ । नेपाल सरकारले उनको भ्रमणलाई मध्यनजर गर्दै आइतबार बिदा दिने घोषणा गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावअनुसार बिदा दिने घोषणा गरेको हो ।
सीको भ्रमणलाई विशेष रुपमा हेरिएको छ । उनको भ्रमणको बेला हुनसक्ने ट्राफिक जामलाई मध्यनजर गर्दै बिदाको घोषणा गरिएको हो ।