देउराली । घरमा ताला लगाएर दशैं मनाउन हिडेकी सकुन्तला तिवारीको घरमा चोरी भएको छ ।

काठमाण्डौ महानगरीपालिका –३२ घट्टेकुलो स्थित लालिगुरास मार्गमा सरु श्रेष्ठघरमा भाडामा बस्दै आएकी तिवारी दशैं मनाउन दमक स्थित माइती आएको मौका छोपी चोरी भएको तिवारीले जानाएकी छिन् ।

घरमा कोहि नभएको मौका छोपी मुलगेट तथा घरको ढोकाको ताला तोडी दराजमा रहको म्याकको नोट बुक, डिएसएलआर क्यामरा, लगायतका सामानहरु चोरी भएको त्यहाँ नजिकै बस्ने घरबेटीको चिनजनाको मान्छेले जानकारी दिएपछि आफूले थाहाँ पाएको तिवारीले बताइन् ।

उनले भनिन् ‘ आफू त्यहाँ नभएकोले के के चोरी भएको भन्ने यकीन भएको छैन । करीब १० लाख बराबरको सामानहरु थिए कती चोरी भएको छ भन्ने यकीन भएन ।’

उनले माहानगरीय प्रहरीले चोरी भएको ठाउँको निरिक्षणगरी, घरमा ताला लागाइदिएको जानकारी दिएकी छिन् ।