इटहरी । सोमबार राति इटहरीमा एक युवतीलाई पाँचजनायुवाको समूहले सामूहिक बलात्कार गरे । कोसी राजमार्ग अन्तर्गत विराटनगर लाइनको साथी पेट्रोल पम्पनजिकै गाडीमा कामगर्ने युवाहरूलेतीयुवतीमाथिबलात्कार गरेका थिए ।
बलात्कारमा परेकी पीडित युवतीले प्रहरीलाई जानकारी दिएपछि पाँचमध्ये तीनजना र एक सहयोगीलाई प्रहरीले पक्राउ गरि सकेको छ । इटहरीको मुख्यचौकमा सामुहिक बलात्कारको घट्ना इटहरीमा दर्दनाक बन्दै गएको प्रहरी तथ्याङकले देखाउँछ ।
पक्राउ पर्नेहरूमा सुन्दर हरैंचा नगरपालिका–१२ का चालक विकास कसाई, झापा सुरुङ्गानगरपालिका–४ का सुरज थापा, सिराहालहाननगरपालिका–४ का सुरेन्द्र भुजेल छन्। बेलबारी नगरपालिका–७ का आशीष कार्कीलाई भने बलात्कारमा सहयोग गरेको कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ । । घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार छन् । प्रहरीले पक्राउ परेका सबैलाई फौजदारी अभियोगमा अनुसन्धान गर्ने छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख धर्मराज भण्डारीले सामुहिक बलात्कार गरेको भन्दै युवतीले सामुहिक जाहेरी दिएको बताए । उनले भने प्रहरीमा सामुहिक जाहेरी आएको कारण उनीहरु विरुद्ध मुद्धा दायर गरेर कानुनी कार्वार्ही अगाडी बढाएका छौ । बसमा हालेर महिलालाई इटहरी सम्म ल्याएर बलात्कार गरेको प्रहरीको भनाई छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी क्षेत्रमा बलात्कारको घट्ना बढेको छ । आर्थिक बषै २०७४।२०७५ सालमा ११ वटा बलात्कार भएको थियो । तर गत आर्थिक बर्षमा भने इटहरी क्षेत्रमा मात्र २६ जना बालिका सहितयुवती बलात्कार भएको प्रहरीले जनाएको छ । इटहरी क्षेत्रमा मात्र २६ वटा बलात्कार धेरै भएको इलाका प्रहरी कार्र्यालय आफै स्वीकार गर्छ ।
डिएसपी धर्मराजका अनुसार चालु आर्थिक बर्षमामात्र ४ वटा बलात्कारको घट्ना भएको बताए । अहिले पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार प्रहरीले अनुसन्धान अघि बढाएको छ । अपराध संहिताको परिच्छेद १८ मा करणी (बलात्कार) सम्बन्धीकसुरमा सजायको व्यवस्था गरेको छ ।
संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजायतोक्ने प्रावधान छ। दस वर्षभन्दाकमउमेरकीबालिका, पूर्ण अशक्त, अपाङ्गताभएकावा सत्तरी वर्षभन्दा बढी उमेरका महिलाभए पीडकलाई जन्मकैद सजायहुने प्रावधान छ। इटहरीको घटनामा पीडितको उमेर २२ वर्ष रहेको प्रहरीले जनाएको छ।
सामूहिकबलात्कारमाथप सजायहुने ऐनको दफा २१९ उपदफा७ ले स्पष्ट गरेको छ। सामूहिक रूपमा जबरजस्ती करणी गरेमावा छ महिनाभन्दा बढीको गर्भवती,अशक्तवाअपाङ्गवाशारीरिक वामानसिक रूपमा अस्वस्थ महिलालाई वाहातहतियार देखाई जबरजस्ती करणी गरेमाथपपाँचवर्षसम्म कैद सजायहुने उल्लेख छ इटहरीकाप्रहरी प्रमुख भण्डारीकाअनुसार अभियुक्तहरूलाई हालसम्मको अनुसन्धानबाट १५ वर्ष सम्मको जेल सजायहुन सक्छ।