धरान / गत आइतबार राती स्त्री तथा प्रसुती विभागमा कार्यरत डा. मौसम राईको शल्यक्रियाको पालो थियो । रातभरी ड्युटी सकेर घर जान राखिएको स्थानमा स्कुटी हेर्दा पछाडीको चक्का गायप भएको पाए । स्कुटी राखे स्थानबाट करिव एक सय मिटर नजिक प्रतिष्ठानको सेक्युरिटीको जिम्मा लिएको केटिएमका गार्ड बस्ने गरेका छन् । तर राखिएको स्कुटीको चक्का खोलेर लादासम्म सुरक्षा गार्डले भेउ पाएनन ।
प्रतिष्ठान हाता भित्रबाट पछाडीको चक्का चोरी भएको घट्नाले प्रतिष्ठानको सुरक्षा व्यवस्था उदाङ्गो बनाइएको छ । चिकित्सको स्कुटीको पार्ट चोरी भएका कारण बाहिर आयो तर यहाँ विमारी कुरुवाहरुको सवारी, मोवाइल चोरीका घट्ना दिनहु हुने गरेको एक कर्मचारी बताउछन् । ५ महिना अघि एक विमारी कुरुवाको मोवाइल चोरी गर्नेलाई कुरुवाहरुले नै समातेर प्रहरीलाई बुझाएका थिए । प्रतिष्ठानमा चोरी, औषधी दलालहरुको विगविगी भएको विमारीका कुरुवाहरु बताउदैं आएका छन् ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय सुरक्षा व्यवस्था खस्किएको भन्दैं चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजले विज्ञाप्ति जारी गरि चिन्ता व्यक्त गरेका छन् । विज्ञप्ति जारी गरि प्रतिष्ठानमा शिक्षक कर्मचारी, चिकित्सकहरु असुरक्षित भएको समाजले जनाएको छ ।
समाजका अध्यक्ष हार्डजोर्नी विशेषज्ञ डा. विष्णु पोखरेल महासचिव प्रसुती रोग विशेषज्ञ डा. एसपी रिमालले संयुक्त विज्ञप्ति जारी गरि चोरीमा संलग्नलाई पहिचान गरि कारवाहीको माग गरेका छन् ।  हामी रातभर नभनी आफ्नो ड्युटी गछौं । राखेको स्थानबाट सवार िचोरी भए पछि कसर िकाम गर्ने । अस्पताल प्रशासनले यस विषयमा गम्भीर चासो देखाउनु पर्छ ।’–समाजका महासचिव तथा प्रसुती विभागका डा. एसपी रिमालले भने । 
ड्युटीमा रहेका चिकित्सकको सवारीको चक्कानै खोलेर लादासमेत प्रतिष्ठानको सुरक्षाको जिम्मा पाएको केटिएम सेक्युुरिटीको गैरजिम्मार काम भएको भन्दैं यहाँ कार्यरत कर्मचारी, चिकित्सकहरुको सुरक्षा व्यवस्था तत्काल मिलाउन विज्ञप्तिमा माग गरिएको छ । प्रतिष्ठान पदाधिकारीहरुको गैरजिम्मेवार कामले प्रतिष्ठानमा खानेपानी, फोहोर व्यवस्थापनमा समस्या हुदैं आएको छ । प्रतिष्ठानमा केटिएम सेक्युरिटी काठमाडौले सुरक्षाको जिम्मा लिएको छ ।
समाजले तत्काल सुरक्षा व्यवस्था नगरे आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।  समाज प्रतिष्ठानमा कार्यरत शिक्षक चिकित्सकहरुको संगठन हो ।

bishu