धरान / ‘स्वस्थ्य मुटु सबैको अधिकार’ भन्ने नारासहित आइतबार विश्व मुटु दिवसमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्डियोलोजी विभागले निशुल्क मुटु जाँच गरेको छ ।
सो अवसरमा प्रतिष्ठानमा मुटु रोग विभागमा आएका विमारीहरुलाई निःशुल्क मुटु तथा रक्तचाँप परीक्षण गरिएको थियो ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहका अनुसार ओपिडीमा आएका २५० जना विमारीहरुको निशुल्क मुटु जाँच गरिएको थियो । शिविरमा मुटु रोग विभाग विभागीय प्रमुख प्राडा. प्रह्लाद कार्की, मुटु रोग विशेषज्ञ डा. प्रशान्त साह, नवीन पाण्डेलगायतको सहभागीता रहेको थियो ।
विश्व मुटु दिवसमा २५० जना विमारीको प्रतिष्ठानमा निःशुल्क मुटु जाँच
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































